Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

साउनपछि जेष्ठ नागरिकलाई धमाधम ४ हजार

काठमाडौं । राजनीतिलाई व्यवसाय बनाउनेहरु धेरै छन् । अहिले कमाई तीनैको छ जसले आफ्नो स्वार्थ बाहेक जनता र राष्ट्रको पक्षमा काम गर्दैन । त्यस्तै चरित्रहरुलाई प्रहार गर्न सिपालु नेताको रुपमा प्रधानमन्त्री केपि ओली देखिएका छन् । उनले आफ्नो नेतृत्वको सरकारको तीन वर्षे कार्यकाललाई राष्ट्र र जनताको हितमा प्रयोग गर्ने बताइरहदा अन्तरपार्टी कलहलाई भने नियन्त्रणमा राख्न सकेनन् । तर पनि आफ्नो अदान र देशको विकासप्रतिको दृष्टिकोण खुलेर राख्ने गर्छन् । उनका भनाई प्रति कतिलाई अरुचि हुन  सक्छ  । तर बास्तविकता त्यस्तो  छैन ।

प्रधानमन्त्री केपि ओलीले भनेका छन् मान्छेले आफ्नो निहित स्वार्थका लागि देशको राजनीति धमिल्याउन खोजे । के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ? प्रश्ज उठाउदै एमाले र माओवादीबीच एकीकरण गर्दा आधा आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति गरेको स्वीकार गरे । ओलीले प्रचण्डबाट आफूलाई असहयोग भएको बताउदै कार्यकारी अध्यक्ष हुने शर्तमा प्रचण्डले नै त्यो सहमति खारेज गरेको भन्दै उनले प्रश्न गरे, आधा आधाको कागज बीचैमा च्यातेर कार्यकारी अध्यक्ष लेखाएको होइन । एउटा समय थियो म मात्र बोल्थेँ, मानिसहरु हतियार र लडाकुसँग डराउँथे उनले भने, आज तपाईंका सो कल्ड सेना पनि छैनन्, हतियार पनि छैनन् । ती दिन त गए । चैतमा महाधिवेशन गर्ने र आफू अध्यक्ष नहुनेभन्दा पनि प्रचण्डले पार्टीमा भाँडभैलो गरेको उनले टिप्पणी गरेका थिए । माधव नेपाललाई तेस्रो अध्यक्ष हुनुस् भन्दा को–कोले उचालिदिए खान्न भन्नुभयो, सडकमा गएर प्रचण्डपछिको अध्यक्ष हुनुभयो । नेकपा भन्ने पार्टीभित्रका व्यक्तिको घिनलाग्दो महत्वाकांक्षाका कारण अहिले मुलुकमा अस्थिरता आएको ओलीले बताए ।

केही मान्छेको तीव्र महत्वाकांक्षाका लागि आफूले प्रधानमन्त्री पद नछाड्ने भन्दै उनले भने, आज देशलाई संकट परेको छ भने तिनै मान्छेका कारण छ, कहाँ तानाशाही भएको छ । नेकपाको एकता खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँताउने २३ फागुनको सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि प्रचण्डले निवेदन दिएकामा पनि ओलीले असन्तुष्टि जनाए । ‘पार्टी एउटै बनाएर दर्ता गर्न कसले रोकेको छ । पार्टी मिलाइदिन अदालतमा निवेदन हाल्नुप्रति उनको अहसमति थियो । उनले अघि भने, प्रचण्डजी मिल्न खोजेको हो भने मिल्नुस् न, डबलीका भाषा बोलेर एकताको गफ दिने ?

प्रचण्डका दिन गए – सामाजिक सुरक्षा भत्ता बढ्ने

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेपछि अर्काको नाममा पार्टी दर्ता गरेको भन्दै उनले त्यही नामका लागि ढिपी नगर्नसमेत प्रचण्डलाई आग्रह गरे । अर्काको नाममा पार्टी दर्ता गर्ने । उनले अघि भने, उहाँले कुटे पनि हुने, मारे पनि हुने भएकाले बानी बिग्रियो, अब चल्दैन प्रचण्डजी, ती दिन गए । विगतमा माओवादीसँग हतियार र लडाकू भएकाले मात्र धेरै मानिस डराएको बताउदै एउटा समय थियो म मात्र बोल्थेँ, मानिसहरु हतियार र लडाकुसँग डराउँथे’ उनले भने, ‘आज तपाईंका सो कल्ड सेना पनि छैनन्, हतियार पनि छैनन् ती दिन त गए ।

उमेर ख्याल नगरी छेलो फाल्न खोज्दा कम्मर सड्किएको बुढो मान्छेको कथा सुनाउँदै ओलीले भने, प्रचण्डजीलाई उमेर सम्झिन आग्रह गर्न चाहन्छु । उहिले सम्झिएर छेलो फ्याल्न नखोज्नुस्, ढाड सड्किन्छ । त्यो जमाना गयो । उनी भन्दै थिए सामाजिक सुरक्षा भत्ता बढ्छ यो भत्ता बढ्दा रिस जो सुकैलाई उठोस् – श्रावण लागेपछि जेष्ठ नागरिहरुले पाउदै आएको सामाजिक सुरक्षा भत्तामा प्रति व्यक्ति १ हजार बढ्ने प्रशासनिक क्षेत्रमा चर्चा चलाइएको बेला प्रधानमन्त्रीले रकम नखुलाएपनि सार्वजनिक कार्यक्रममा बोलेको कुरा कार्यन्वयन गर्न बजेट निर्माण कर्ताहरु बाध्य हुने छन् । सरकारको तर्फबाट विकास निर्माणका परियोजनाहरु अगाडि सारिएको प्रधानमन्त्रीले दाबी गरे । मधेसको कृषियोगी भूमिलाई सिचाइ पुर्याउन कोशी मरिन डाइभर्सन परियोजना जस्ता दुईवटा आयोजनाहरु सूरुवात हुदै छन् ।