Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेयर बजारमा ४१.०६ अंकको उछाल, कारोवार रकम भने २ अर्व पनि पुगेन

काठमाडौं। सेयर बजारमा बुधबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भए यताकै उच्च वृद्धि देखिएको छ।
साउन ७ मा आव २०८०÷८१ को मौद्रिक नीति सार्वजनिक भएयता मंगलबारसम्म नेप्से परिसूचक २०९ अंकले घटेको थियो। आज नेप्से परिसूचक ४१.०६ अंकले बढेर २०६०.९१ बिन्दुसम्म माथि आइपुगेको छ। यस्तै सेन्सेटिभ इन्डेक्स पनि ७.९४ अंकले बढेको छ।
२०१८ बिन्दुबाट सुरु भएको बजार २ बजेसम्म १२ अंकले घटेर २००६ बिन्दुसम्म आइपुगेको थियो। बजार २ बजेपछि अप्रत्यासित हिसाबले बढ्न सुरु गरेको हो।
गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण निराशाजनक सार्वजनिक भएपछि केही दिनअघि सबैभन्दा बैंकिङ समूह धेरै प्रभावित भएको थियो। आज वाणिज्य बैंक ०.९६ प्रतिशत, विकास बैंक २.५१ प्रतिशत तथा फाइनान्स समूह ३.५० प्रतिशतले बढेको छ। म्युचुअल फन्डबाहेक सबै समूह सकारात्मक देखिएका छन्।
बजारमा उच्च वृद्धि देखिए पनि कारोबार रकम भने २ अर्ब बराबरको पनि भएको छैन। आज दिनभरमा १ अर्ब ८८ करोड बराबरको सेयर कारोबार भएको हो। भर्खरै सूचीकृत भएर दोस्रो बजारमा आएको आइएमई लाइफ इन्स्योरेन्स कारोबारका आधारमा शीर्ष स्थानमा छ। कम्पनीको १५ करोड ५० लाख बराबरको सेयर कारोबार भएको छ।
यस्तै शिवम् सिमेन्टको ८ करोड बराबकरो सेयर किनबेच भएको छ। आइतबारबाट दोस्रो बजारमा आएको नेपाल रिपब्लिक मिडियाको पनि ७ करोड ५५ लाख बराबरको सेयर कारोबार भएको छ।
सामान्यता कुनै पनि कम्पनी दोस्रो बजारमा सूचीकृत भएपछि त्यसको सेयरले १ देखि २ हप्तासम्म उच्च मूल्य पाउँछ। तर रिपब्लिक मिडियाको सेयर मूल्य भने कारोबारमा आएको चौथो दिन नै घटेको छ। सेयर मूल्य बुधबार प्रतिकित्ता २२ रुपैयाँले घटेको छ।


सम्बन्धित समाचार