Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको चुनाव सुरुदेखि सधैं पैसा र बाहुबलको आधारमा हुँदै आयो । २०६४ सालको चुनावमा कांग्रेस उमेदवार बलबहादुर के.सी.पक्षधरले माओवादी पार्टीका उमेदवार गोपाल किराँती पक्षका एकजना कार्यकर्तालाई गोली हानेरै हत्या गरे । पहिले र त्यसपछि पनि चुनावमा पैसाको खोलो बगाउनुदेखि गुण्डागर्दी गर्ने काममा बलबहादुरले कीर्तिमान कायम गरे । चुनावपछि पनि आफ्ना विरोधीहरूमाथि बलबहादुरले सधैं आतंक मच्चाए । यति गर्दागर्दै पनि २०६४ साल र २०७४ सालको चुनावमा बलबहादुर नराम्रोसित पछारिए । उनले २०७४ सालको चुनावमा पनि ठूलो धनराशी खर्च गरेर अनेक बबण्डर नगरेका होइनन् ।
पदको दुरुपयोग गरेर अकुत सम्पतिको मालिक भएका बलबहादुरले चुनावमा खर्च गरेको निकै ठूलो धनराशी पनि उनको कमाइको तुलनागरीे हेर्दा, त्यसलाई ज्यादै नै सानो हिस्सा मात्र उनले खर्च गरे भन्न सकिन्छ । बलबहादुरले आम चुनावमा मात्र होइन, आफ्नै पार्टीको अधिवेशनमा पनि जहिलेसुकै यस्तै धाँधली गर्दै आएका छन् । गत २०७२ सालमा भएको कांग्रेसको ते¥हौं महाधिवेशनमा पनि बलबहादुरले त्यस्तै रुप देखाए । कांग्रेसको केन्द्रले कानूनविद इन्द्रमणि अधिकारीलाई सोलखुम्बु जिल्लाको अधिवेशन गर्न निर्वाचन अधिकृत बनाएर खटाएको थियो । इन्द्रमणि अधिकारी सोलुको सदरमुकाममा पुग्दा, गाउँहरूबाट प्रतिनिधिहरू आइपुगेका थिएनन् । इन्द्रमणि अधिकारीले सबैलाई आइपुग्ने मौका मिलोस् भनी अधिवेशन गर्ने मिति दुई–तीन दिन पछि सारे । तर त्यही राती बलबहादुर र उनका पक्षकाहरूले इन्द्रमणि अधिकारीलाई बसेकौ ठाउँबाट अपहरण गरी, डर, धाक र धम्की देखाई, उनलाई बलबहादुरले भनेको व्यक्ति सोलुको कांग्रेसको सभापतिमा विजज भएको भनी लेखिएको कागजमा सही गर्न वाध्य पारे । आफू असुरक्षित भएको कारण इन्द्रमणि अधिकारीले बलबहादुरले तयार पारेको कागजमा सही गरिदिए ।
त्यसपछि तुरुन्तै काठमाडौं आएर, सोलुमा अधिवेशन गराउन खटिएका इन्द्रमणि अधिकारीले कांग्रेसका नेताहरूलाई भेटी, सोलुमा अधिवेशन नै नभएको र उनले डर धम्कीका कारण बलबहादुरले तयार पारेको कागजमा सही गर्नु परेको इत्यादि सबै कुरा बताइदिए । यसबारेको सबै कुरा उनले लिखित रुपमा पनि कांग्रेसको केन्द्रीय कार्यालयमा रिर्पोट बुझाए । तर कांग्रेसको केन्द्रीय कार्यालयले यसलाई एक कानले सुन्यो अर्को कानले उडाइदियो । अधिवेशन गर्न केन्द्रले खटाएको जिम्मेवार व्यक्ति स्वंयले सोलुमा कांग्रेसको अधिवेशन भएको छैन, उनलाई बलबहादुरले तयार पारेको कागजमा जवरजस्ती सहीगर्न वाध्य पारेको भनी मौखिक र लिखित रुपमा नै सबैलाई बताउँदा पनि चौधौं महाधिवेशन आउन लाग्दा समेत त्यसको सुनुवाई नहुँदा, सोलुका कांग्रेस जनमा असन्तोष छाएको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल