Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । महानायक राजेश हमालले कोभिड १९ ले सिर्जित यो महामारीको समयमा नेपाल सरकार र राजनीतिज्ञहरुले गम्भीरतापुर्वक नलिएको भन्दै आक्रोस पोखेका छन्। अभिनेता हमाल खासै सार्वजनिक विषयमा बोल्दैनन्। तर, आइतवार फेसबुकमा एक भिडियो पोस्ट गर्दै कोरोना महामारीबिच नेपाल सरकार र राजनीतिज्ञहरुले आजको प्राथमिकता के हो ? भनेर मनन र गम्भीरता देखाउनु पर्ने बताएका छन्। उक्त भिडियोमा उनले बेलायतको एउटा प्रसङ्ग जोडे, ‘केहि दिनअघि बेलायतको संसदमा छलफल भएछ। जहाँ सांसदले बेलायतका उपप्रधानमन्त्रीलाई भाइरसको नयाँ भेरियन्टले नेपालमा पारेको क्षतिबाट निस्कन के कस्तो सहयोग गरिरहेको छ ? जेजति गरिरहेको त्यो पर्याप्त छ कि छैन भनेर प्रश्न सोधेछन्। अझै बढी सहयोग गर्न पर्ने हो कि भन्ने कुरा समेत भएछ। साथै बेलायत र नेपाल कुटनीतिक सम्बन्ध मात्र नभएर बेलायतको रक्षा र सुरक्षाका लागि पनि नेपालीहरूले २ सय वर्षदेखि योगदान गरिरहेको पनि चर्चा समेत चलेछ।’ हमालले सो भिडियोमा नेपाललाई नै जोडेर एक सांसदले कोभिडका कारण नेपालका प्रधानमन्त्रीले राजीनामा दिएको र बेलायतका प्रधानमन्त्रीले त्यसो गर्न सक्छन्भ ? नेर सोधेको पनि उल्लेख गरेका थिए। जसमा हमालले व्यंग्यात्मक रुपमा ती सांसदलाई नेपालको राजनीतिको बारेमा जानकारी नभए पनि नेपालको बारेमा चासो राख्नु खुशीको कुरा भएको बताएका छन्। विश्वले नेपालको बारेमा यो किसिमले चासो लिएको भएपनि हाम्रो सरकार यो महामारीको विषयमा रत्तिभर पनि चिन्तित नभएको उनले गुनासो गरे। ‘बेलायतको संसदमा नेपालले कोरोना भाइरसका कारण भोगिरहेको विपत्तिको विषयमा चर्चा चल्यो। तर हाम्रो संसदमा किन यो विषयको चर्चा मैले सुनिनँ’ उनले सुनाए। उनले कोरोना महामारी र नेपालको राजनीतिक अवस्थाको बारेमा समेत टिप्पणी गरेका छन्। उनले भने, ‘नेपाल जुन महामारीको परिस्थितिबाट गुज्रिरहेको छ। यो महामारीबाट नेपाल र नेपालीलाई कसरी पार गराउन सकिन्छ। यसमा नै सम्पुर्ण विवेक र उर्जा खर्चिनु पर्ने समय हो। तर, त्यो नभएर सरकार र राजनीतिज्ञ खाली राजनीतिक मुद्दामा नै रुमलिरहेका छन्। सरकार न अगाडि बढ्न सकेको छ, न त यथास्थितिमा नै सहज काम गर्न। विश्वले नै चासो देखाइरहेको बेला यदि हामीले लापर्बाही देखायौँ, ध्यान जति राजनीतिक किचलोमा नै छ भन्ने सन्देश सम्प्रेषण गर्यो भने विश्वले गम्भीरता नदिन सक्छ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल