Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सत्ता सञ्चालकहरुले ठूला कुरा गरिरहँदा अझै पनि अक्सिजनको अभावमा ज्यान गुमाउने नागरिक थपिएकै छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन नपाएर ७ जना कोरोना संक्रमितको ज्यान गएको छ। ज्यान गुमाउनेहरूमा शनिबार अप्रेसन गरेर सुत्केरी भएकी एक महिला, १ जना डायलोसिस गरिरहेका, १ जना कलेजोमा समस्या आएका र १ जना डायबिटिजको जटिलता भएका बिरामी रहेका छन् भने अन्य संक्रमितमा सामान्य स्वास्थ्य समस्यामात्र रहेको अस्पतालले जनाएको छ। मृत्यु हुनेमा तनहुँका ३ जना, पोखरा, स्याङ्जा, पर्वत र म्याग्दीका १न्१ जना रहेको अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टर शरदचन्द्र बरालले बताए। उनका अनुसार हाइफ्लोमा अक्सिजन दिनुपर्ने बिरामीलाई ५ मिनेटमात्रै अक्सिजनको मात्रा कम हुँदा बिरामीलाई संकट पर्छ। हाइफ्लोमा अक्सिजन दिँदा बिरामीलाई प्रतिमिनेट ६० देखि ८० लिटर अक्सिजन खपत हुने डा. बरालले बताए। गएराति मृत्यु भएका यी ७ जना अक्सिजनको अभावले मात्रै भन्न नमिल्ने डा. बरालले बताए। यता, बिरामीका कुरुवाले भने अक्सिजन नपाएरै आफ्ना बिरामीको ज्यान गएको बताएका छन्। गएराति बिरामीले अक्सिजन २०(२५ मिनेट पाउने र त्यसपछि आधा घन्टासम्म नपाउने अवस्था भएको एक कुरुवाले बताए। अक्सिजन नलगाई बाँच्न नसक्ने बिरामीको मृत्यु भएको उनको भनाइ छ। अस्पताल प्रशासनले अक्सिजनको अभावका कारण मृत्यु भएको भनेर बाहिर नभन्न डाक्टरसहित अस्पताल कर्मचारीलाई निर्देशन दिएको एक डाक्टरले बताए।
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल