Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अपराधीका संरक्षक बने देउवा

काठमाण्डौ । जस्तो सुकै अपराध नियन्त्रणमा सक्षम नेपाली प्रहरीमाथि नेपाली काँग्रेकको देउवा गुटले हस्तक्षेप गर्न थालेपछि प्रहरी भित्रका सक्षम र काविले जनशक्तिमा हिनताबोध भएको बताउने गरिएको छ । सत्ता अपराधमा कम्युनिष्ट कम्युनिष्ट घटक नेकपा एमाले र माओवादी भन्दा नेपाली काँग्रेस अगाडि छ । यस पटक काँग्रेस सभापति शेरबहादुर देउवाको दवावमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको असहमती हुँदा हुँदै सरकारले कार्यक्षेत्रमा सात महिना विताएका प्रहरीका ३ अधिकृतहरूको सरुवा गर्दा चर्को विरोध भएको छ । त्यो सरुवाले ४ एआईजीहरू पनि अदलवदल भएका छन् । उपत्यका एआईजी श्याम ज्ञवाली, काठमाण्डौ परिसरका दानबहादुर कार्की, अपराधका मनोज केसीको दवावी सरुवाप्रति पूर्व एआईजी विश्वराज पोखरेल र विज्ञानराज शर्मा लगायतको असन्तुष्टिले राजनीति हस्तक्षेपलाई गिज्याउँछ । उनीहरू काँग्रेसबाट पिडित छन् । नक्कली भुटानी शरणार्थीको दोस्रो चरणको छानविनमा डा. आरजु राणा, मन्जु खाँड पहिलो निशिानामा थिए । निशाना बालकोटसम्म थियो । पिडितहरूले तीनका विरुद्ध उजुरी दिँदैछन् भन्ने थाहा पाएर छटपटाएका काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीको दवाव थेग्न प्रधानमन्त्रीलाई कठिन भयो । देशका अपराधी देउवाकै घरभित्र छन् पार्टीमा पनि छन्, तीनको संरक्षण गर्ने ठेक्का शेरबहादुर देउवाले लिएर अपराधी करार हुनुपर्ने डा. आरजु राणालाई जोगाएका छन् । त्यही कारण गृहमन्त्रीको हात खुट्टा बाँधेर काँग्रेसले शुशासन राख्यो प्रचण्ड सरकारले सम्वृद्धि रोजेको छ भन्ने सन्देश जनतामा गएको छ । त्यो गलत प्रवृत्ति रोकिनु पर्छ ।
गठवन्धन सत्ता ३२ सीटे पार्टीले मुलुकको प्रधानमन्त्री पद पाएको छ । मुद्दा आफ्ना भएपनि रजाइ परिवर्तन विरोधीले गरिरहँदा माओवादी काँग्रेसको साथमा गठवन्धन गर्दै चुनावमा समेत गयो भ्रष्ट आरजु र काँग्रेस शुशासन र सम्वृद्धिको वाधक बनेका छन् । एमालेका केपी ओलीको दम्वले देशको ६८ प्रतिशत वामपन्थी जनमत भत्केको हो । यो अवसरमा वामपन्थी मतबाट ठूलो पार्टी वनेको प्रदेश तहमा समेत सत्ता पाएको काँग्रेसले नेपाल प्रहरीलाई उसको कानून र नियममा चल्न दिँदैन भन्ने कुरा नक्कली भुटानी शरणार्थीको नाउँमा भएको ठगीका हकदार डा. आरजु र मन्जुलाई जेल जानबाट बचाउन प्रहरीमाथि दवाव दिनु हो । नेपाल प्रहरीका अधिकृतहरूमा हिनता बढदो छ ।
सुन तस्करी नियन्त्रणमा गृहमन्त्री लागेका छन् । गृहमन्त्रीले कसैलाई नछाड्ने भन्दा काँग्रेस आत्तियो । देशमा दैनिक ३५ केजी सुन खपत हुन्छ । राष्ट्र बैङ्कले १० किलो मात्र दिन्छ भने व्यापारीले माग पूर्ती गर्न २५ किलो सुन त्यही तस्करीबाट भित्रिएको प्रयोग गर्छन् । त्यो बुझेर काँग्रेस सभापतिले राजस्व लिएर सुन भित्र्याउने व्यवस्था गर्नुपर्ने तर्क राखेका छन् । अपराध अनुसन्धानमा प्रहरी सवल भएपनि राजनीति स्वार्थले अपराध बनाइएका छन् । यस्ता अपराधीको रक्षक तीन ठूला दल भएका छन् । गृहमन्त्रीको काममा सत्ता घटकको नाताले शेरबहादुरबाट देखाइएको व्यवहार निन्दनीय छ । प्रहरीलाई लथालिङ्ग बनाउने काम काँग्रेसले गर्दै आएको छ । अवधि नपुगी जो सरुवा भए जो ती ठाँउमा गए तीनको कार्यक्षमतामा शंका गर्नु हुँदैन् । तीनले बाँकी रहेको शरणार्थी प्रकरण ठगीलाई कसरी लिन्छन् भन्ने कुरा प्रमुख हो । प्रहरी संगठन मार्फत अपराधको छानविन र अनुसन्धान गरिन्छ । देउवाको कोटरीका आईजीपी वशन्त कुँवर कमजोर छन् त्यही कारण प्रहरीभित्र काँग्रेस नाङ्गो नाच देखाउँछ । काँग्रेसले नियम संगत काम गर्दैन् । अनुसन्धानमा पोख्त प्रहरी अधिकृतहरू माथि राजनीति दवाव र प्रभाव छ भन्ने कुरा छर्लङ्ग भयो । गृहमन्त्रीले नियम संगत ढङ्गले फौज चलाएका बेला स्वार्थगत अपराधको छानविनलाई प्रभाव पार्ने काम भएको छ । अहिलेको सरुवा नेपाल प्रहरीको इतिहासमा कालो दाग हो । उनीहरू जो जहाँ थिए त्यहा विवाद रहित ढंगले काम गर्दै थिए । प्रशासन, कार्य विभाग, प्रतिष्ठान र उपत्यकाको कमाण्ड लिएका एआईजीहरूको काममा प्रश्न उठेको थिएन् । अपराध र परिसरका अधिकृतहरूको कामले जनता सन्तुष्ट थिए । शान्ति–सुरक्षाको पाटो सवल थियो । त्यो कामको निरन्तरतालाई अहिले पनि सक्रिय राखिएको छ । मात्र समस्या काँग्रेस सभापति शेरबहादुर देउवाको सनक हो । उनलाई उक्साउने भ्रष्ट नायिका डा. आरजुको चरित्र हो । सत्ता स्वार्थ आरजुको चाहना कस्तो छ संसदको कृषि समितिको सभापति पद पनि कव्जा गर्नुले झल्काउँछ जो कृषकसँग जोडिएकी पात्र न हिजो थिइन न आज छन् ।


सम्बन्धित समाचार