Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अभिनेता अजय देवगनले नयाँ घर किन्न १९ करोड ऋण लिए

बलिउड अभिनेता अजय देवगनले हालै मुम्बईस्थित जुहु क्षेत्रमा नयाँ घर किनेका छन्। अजयले ४७ करोड भारु ७५ करोड नेपाली रुपैयाँ मा सो घर किनेका हुन्। यही घर किन्न उनले झन्डै १९ करोड भारु ऋण लिएको बलिउड हंगामाले लेखेको छ। अजयको पुरानो घर ‘शिवशक्ति’ नजिकै भएको नयाँ घर करिब चार सय ७४ वर्ग फिट जग्गामा अवस्थित छ। अजय र उनकी श्रीमती काजोलले गत वर्षदेखि नै नयाँ घर किन्न खोजिरहेका थिए। ‘कपोल कर्पोरेटिभ हाउजिङ सोसाइटी’मा आफूले खोजेजस्तो घर पाएपछि उनीहरुले किन्ने निर्णय लिएका हुन्। यो नयाँ घर अजय र उनका आमा वीणा देवगनको नाममा छ। पहिले यो घर भावेश बालकृष्ण वालियाको नाममा थियो। अजयको नयाँ घरको वरिपरि अन्य थुप्रै चर्चित बलिउड अभिनेताका घरहरु पनि छन्। अक्षय कुमार, हृतिक रोशन, धर्मेन्द्र र अभिताभ बच्चन उनका छिमेकी भएका छन्।