Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आईएमई लाइफको छैठौं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनिले आफ्नो छैटौं बार्षिक उत्सवको अवसरमा हिजो देशका विभिन्न प्रदेशमा रहेका मानव सेवा आश्रमका बृद्धा र बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।
कम्पनीले कोशी प्रदेशमा बिर्तामोड र बिराटनगर शाखाबाट परोपकार तथा अनुसन्धान केन्द्रद्धारा संचालिकत हाम्रो साझा घरमा रहेका ४० जनाभन्दा बढी बृद्ध बृद्धालाई झुल तथा खाद्यान्न सामाग्रि बितरण गरेको थियो ।
त्यस्तै, मधेश प्रदेशमा बीरगंज र हरिवन शाखाबाट मानव सेवा आश्रम हरिवन र वीरगन्जमा खाद्यान्न सामाग्री वितरण भएको थियो । वाग्मती प्रदेशबाट काठमाडौंको सोह्रखुट्टेस्थित असहाय जेष्ठ नागरिक आश्रम तथा भक्तपुरको मानव कल्याण समाज सेवा घर, नारायणघाट शाखाबाट चितवन मानव सेवा आश्रममा सरसफाइका सामाग्री हस्तान्तरण गरिएको थियो ।
त्यसैगरी गण्डकी प्रदेशबाट बाग्लुङ शाखाले बाग्लुङ मानव सेवा आश्रममा बस्नुभएका वृद्धवृद्धादेखि बालबालिकासम्मलाई भोजन सहयोग गरेको थियो । वालिङ शाखाले श्री शिव पार्वती बृद्धाश्रम, राम्दिमा रहेका बृद्धहरुकालागि फलफूल, नगद र सिलिङ्ग पंखा वितरण गरेको थियो भने दमौलि शाखाबाट उज्यालो मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम गरिएको थियो ।
कर्णालि प्रदेशबाट नेपाल बीमा प्राधिकरण प्रदेश प्रमुख पदम सोडारीको उपस्थितिमा बादि सरोकार मञ्च, सुर्खेतलाई खाद्यान्न सामाग्री वितरण गरिएको थियो । उक्त मन्च अन्तर्गत आश्रममा एक सय दश जना लोपोन्मुख बादि जातिका बाल विद्यार्थीहरु बस्ने गर्छन् । सुदुर पश्चिम प्रदेश अन्तर्गतको धनगढी शाखाले आमाको माया छात्रावासमा अनाथ बालबालिकालाई खाना खुवाउने कार्यक्रम गरेको थियो । लम्की शाखाले बौनिया स्थित सहारा घरमा भोजन वितरण गरेका छ भने बाजुरा शाखामा पनि बालआश्रममा भोजन वितरण गरेको छ ।
यस्ता सामाजिकक कार्यक्रमले नागरिकहरुमा सकारात्मक उर्जा भर्न मद्धत गर्ने सन्देश पनि प्रवाह गरिएको थियो ।


सम्बन्धित समाचार