Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आईसीयू नपाएपछि इमेर्जन्सी वार्ड मै मृत्यु

बुटवल । सरकारले जतिसुकै मन फुकाएर महामारी नियन्त्रण गर्ने भजन गाए पनि अस्पतालमा बेड थप्ने काम भने गरेको छैन । देशैभरका अस्पतालमा यतिखेर बेडको अभाव सिर्जना हुँदै छ । बुटबल कोरोना विशेष अस्पतालमा आइसीयू बेड अभाव हुँदा एकजना संक्रमितको लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमै मृत्यु भएको छ । वैशाख १५ गते इमर्जेन्सीमा भर्ना भएका बुटवल ११ का ८३ वर्षीय पुरुषमा १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालमा आइसीयू बेड खाली नहुँदा उनी २४ घण्टादेखि इमर्जेन्सी वार्डमै बेडको प्रतिक्षामा थिए । इमर्जेन्सीमा अक्सिनको सहायतमा राखिएको उनको शुक्रबार बिहान ९ २८ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार योसँगै रुपन्देही कोरोना संक्रमितको मृत्यु हुने संख्या १८८ पुगेको छ । गएको २४ घण्टामा मात्रै रुपन्देहीमा ६ जना संक्रमितको मृत्यु भएको थियो । जिल्लामा २५ सय ५२ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा रुपन्देहीमा १०४४ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ४७ जना नयां संक्रमित थपिए ।


सम्बन्धित समाचार