Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ। मन्त्रालयको भागबन्डा मिलाउन मंगलबार साँझ साढे २ घण्टा बसेको बैठक विनानिष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो। बैठक आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन्। यसअघिका बैठकमा कांग्रेसले ९, जसपा र एकीकृत समाजवादीले तीन(तीन र लोसपाले २ मन्त्रालय मागेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी लगायतले पनि आफ्नो पुरानै अडानमा छाडेका छैनन्। राष्ट्रिय जनमोर्चा भने तत्काल सरकारमा सहभागी नहुने बताएको छ। मन्त्रालय टुंगिन नसकेपछि मंगलबारको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा छलफलका अघि सारिएको थियो।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल