Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । जनताले गरिवी महंगी विथिति विचौलियाको अन्त खोजेका छन् । कम्युनिष्टका नेताहरुले शासन गरेका छन् । प्रधानमन्त्री घोर गणतन्त्रवादी र देशभक्त छन । तर कालोवजारको मारमा जनता छन । सत्तारुढ दलहरुमा कुर्सी र मन्त्री पदको भागवण्डा मिलाउन सकस छ । संसद जारी छ विपक्षी नेकपा एमालेलाई सहंगीले छोएको छैन । आफ्नो डिजाइनवाट प्रधानमन्त्री फुत्केपछि पिडित भएका केपी ओली भएभरको वल लगाएर प्रधानमन्त्री प्रचण्डलाई फसाउने योजनामा सिआईए र रअ को लगानीमा उफ्रनेहरुलाई उचाल्दै अशान्ती र अराजकताको नेतृत्व गर्दैछन् ।
यही वेला वारा २ चितवन २ र तनहुँ १ मा उपचुनाव हुदैछ । एमालेसँग राप्रपा साथमा छ । तर सत्ता गठवन्धनका दश दल भित्र उपचुनावका वारेमा मत फरक छ । यस अगाडि जहाँ जसले जितेका थिए त्यहाँ ती दलको वर्चस्व छैन । मंसीरदेखि अहिलेको अवस्था सम्म जनताको दैनिकी तर्फ कसैको ध्यान छैन । वारामा फिरिङ उपेन्द्र यादवलाई जित्न नदिने जनमत पार्टीका सिके राउतले घोषणा गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई साथ दिनेहरुसम्म यी दल एक छन् । उपनिर्वाचनमा उपेन्द्रलाई जित्न नदिन जनमत, नागरिक उन्मुक्ति र लोसपाको गठवन्धन वलियो वन्दै छ । काँग्रेस र एमाले मात्र होईनन माओवादी समेत उपनिर्वाचनमा कहाँ को उम्मेदवार वनाउने वोलेका छैन ।
एमालेले तनँहुमा एक वहादुर राना चितवनमा कृष्ण भक्त पोख्रेललाई अगाडि सार्दैछ । काँग्रेसले चितवनमा पार्टी पूर्व जिल्ला सभापति जीत नारायण श्रेष्ठ वा उमेश श्रेष्ठ मध्ये कसलाई अगाडि सार्छ थाहा छैन त्यही रास्वपाका रवि लामिछाने प्रतिस्पर्धाको तयारीमा छन । तनँहुमा काँग्रेसका दिपक भट्टराई, गोविन्द भट्टराई, ध्रुव वाग्ले, रामचन्द्र पोख्रेल सम्मको आश छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको क्षेत्रमा काँग्रेस एक्लै चुनाव जित्ने अवस्था भने छैन । किनकी वामपन्थी एक हुँदा ०७४ सालमा काँग्रेसका रामचन्द्र, शंकर भण्ठडारी सघंमा प्रदेशमा प्रदिप पौडेल गोविन्द भट्टराई ध्रुव वाग्ले समेतका सवै उम्मेदवार थन्कीएका थिए । अहिले एमालेका अध्यक्ष केपीको दम्वले संसद र संविधानको रक्षा गर्ने टोलीको गठवन्धनले पनि संसदमा वहुमत त ल्यायो । तर पूस १० मा काँग्रेसले गल्ती गर्दाको प्रतिफल भोगे पछि पूस २६ मा सच्याईएको राजनीति वातावरण एकतावद्ध भएको छ । केन्द्रमा धेरै भाग खोज्ने प्रदेशमा हुडलो मच्चाउनेहरु काँग्रेस जसपा भित्र धेरै छन । सरकारको नेतृत्व गरेका नाताले माओवादी केन्द्रको ध्यान गठवन्धनका सवै दलको मत एकै होस भन्नेछ ।
वारा २ चितवन २ र तनँहु १ मा माओवादीले उपनिर्वाचनमा भाग पाउने पनि होइन । नजाने देशको वाटो नसोध्ने माओवादी नीति छ । जनताले आश गरेको त्यो पार्टीले संगठन भित्र हुने गटवन्दी र भेदभावको रवैया त्याग्न सक्छ कि सक्दैन प्रतिक्षा गर्नुपर्छ । माओवादी अध्यक्षको ध्यान शान्ती सक्वृद्धि एकता र मेल मिलाप सँग जोडेर जनताका तत्कालीन दीर्घकालिन योजना सफल वनाउने संयुक्त प्रतिवद्धता तर्फ छ ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल