Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमितको ज्यान जाने क्रम जारी नै छ । प्रदेश नम्बर २ मा एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार धनुषा र वीरगञ्जमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले धनुषामा एकजना कोरोना संक्रमितको मृत्युभएको बताए । धनुषामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको हो । प्रजिअ निरौलाका अनुसार मृत्यु भएका कोरोना संक्रमित धनुषाको शहीदनगर नगरपालिका–८ डुमरीयाका ३८ वर्षका पुरुष हुन् । उनी त्यहाँका स्थानीय व्यापारी हुन् । ती पुरुषमा पहिलादेखि नै दम र मुटुसम्बन्धि समस्या थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनको हिजो प्रादेशिक अस्पताल जनकपुरको आइसीयूमा राखेर उपचार गरिएको थियो । स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । उनको प्रादेशिक अस्पताल जनकपुरबाट धरान लैजाँदै गर्दा बाटोमै मृत्युभएको प्रजिअ निरौलाले बताए । प्रजिअ निरौलाका अनुसार ती पुरुषको कोरोना परीक्षणको रिपोर्ट आज साँझ पोजेटिभ आएको हो । प्रजिअ निरौलाका अनुसार ती पुरुषको शव अहिले प्रादेशिक अस्पताल जनकपुरमा नै राखिएको छ । उनको शव सोमबार नेपाली सेनाले अन्त्येष्टि गर्ने प्रजिअ निरौलाले जानकारी दिए ।