Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनआईसी एशियाको स्मार्टफोन जित्न सकिने अफर

काठमाडौं । एन आई सी एशिया बैंकले कनेक्ट आईपीएससँँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग ग्राहकहरुका लागि ‘फण्ड ट्रान्सफरमामा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ ।
सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोवाइल बैकिङ्ग ग्राहकले यस बैंकको मोबाइल बैकिङ्ग एप प्रयोग गरी कनेक्टआईपीएसमार्फत फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्ने छन् ।
भदौ १७ गतेदेखि असोज २० गतेसम्म लागु हुने उक्त अफर अन्तर्गत एकजना ग्राहकलाई हप्ता सकिएपछि (आइतबारदेखि शनिबारको अवधिलाई एक हप्ता मानिने छ) ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिनेछ र उक्त विजेताको जानकारी एन आई सी एशिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिनेछ ।
बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६०१ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्ग सञ्जाल विस्तार गरी सेवा प्रदान गर्दै आएको जनाएको छ ।


सम्बन्धित समाचार