Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सत्ता समिकरणमा आएको परिवर्तनसँगै थुप्रै आशंकाहरु जन्किएको छ । नेपाली कांग्रेसले आफ्ना सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने बेला विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यही असार २८ गते प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यक्रम रहेको हुँदा विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई बिहीबार लिखित निर्देशन दिएका हुन्। लेखकले जारी गरेको निर्देशन पत्रमा भनिएको छ, ‘मिति २०८१ साल असार २८ गते शुक्रबारका दिन विहान ११स्०० बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्विप) जारी गरिन्छ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल