Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीलाई संकत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो चियापान बहिस्कार गर्ने नेताहरुलाई कसको चियापानमा पाए जानुहुन्छ भनेर प्रश्न गरेका छन् । चैत ७ गते पार्टी केन्द्रीय कमिटीको बैठक राखेका ओलीले पार्टी केन्द्रीय सदस्यहरुका लागि मंगलबार चिपायान कार्यक्रम राखेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चियापान कार्यक्रम माधवकुमार नेपाल समूहका नेताहरुले बहिस्कार गरेका थिए । चियापान कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका ओलीले एकथरी अनुहारका साथीहरु नदेखिएको बताए । उनले भने हिजो बेलुका मैले सुनेँ, बैठक बसेर निर्णय गर्नुभयो पार्टीको चियापानमा नजाने रे !

पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको निमन्त्रणामा नजाने, कसको चियापानमा पाए जानुहुन्छ । ओलीको यहि हेपाहाका प्रवित्तिका कारण उनी प्रति जनताले साथ दिएका छैनन् । तर उनले बारम्बार धम्काउन भने छोडेका छैनन् । सबैलाई थाहा छ, नभनौं – यद्यपि बहिस्कारको निर्णय गर्नु भएको होइन होला, कुनै कारणवश आउन भ्याउनुभएन होला’ भन्ने ठानेको छु । उनले अघि भने, तर भोलिको राष्ट्रिय भेला गर्नुहुन्छ कि गर्नु हुन्न कति तमासा गर्नुहुन्छ त्यता चाहिँ एक नजर राखिनेछ । ओलीको हिकमत छ भने ५ नजर लगाए हुन्छ । एमालेको झलनाथ खनाल माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते आफ्नफ समूहको राष्ट्रिय भेला आयोजना गरेको छ ।