Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
७ जेठ, काठमाडौं । प्रधानमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार पेश गर्न राष्ट्रपतिले दिएको समयसीमा छोटिँदै गर्दा दलहरुले आन्तरिक छलफल तीव्र बनाएका छन् । विपक्षी दलहरु वैकल्पिक सरकार बनाउने प्रयासमा जुटेका छन् भने सत्तारुढ एमालेका नेताहरुले जनता समाजवादी पार्टी जसपाले साथ दिए दाबी गर्ने बताएको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच हालै मात्र राष्ट्रिय सहमति वा आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो । त्यही सहमतिका आधारमा यादव पक्षका नेताहरुले अब महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।
यादव निकट सांसद इस्तियाक राई भन्छन्, ‘हाम्रो पार्टीको उम्मदेवार महन्थ ठाकुर हो, दलहरुको समर्थन खोजेका छौं । जसपा संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले पनि लौरो उभ्याएर भए पनि वैकल्पिक सरकार दिनुपर्ने बताएका छन् । संसद, संविधान र लोकतन्त्रको रक्षा आजको अहम प्रश्न भएको भन्दै उनले ट्वीटरमा लेखेका छन्, सबैले आवस्यक त्याग र बलिदान गरौं । लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार दिऊ । नेपाली कांग्रेसमा पनि जसपाको नेतृत्व स्वीकार गरेर भए पनि वैकल्पिक सरकार बनाउनुपर्ने मत छ । यसबारे छलफल गर्न पदाधिकारी बैठक सुरु भएको छ । तर स्वयं ठाकुरले भने केही बोलेका छैनन् । बरु प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आग्रह गरेलगतै बालुवाटार पुगेको र ठाकुर पक्षको समर्थनमा प्रधानमन्त्री केपी शर्मा ओली नै दोहोरिने दाबीहरु आइरहेका छन् ।
ठाकुर निकट जसपा नेता सुरेन्द्र यादवले जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिने र संविधान संशोधनका लागि आयोग बनाउने सैद्धान्तिक सहमति दिएको भन्दै भने, ‘बाँकी कुरा आज सार्वजनिक हुन्छ होला । ठाकुर पक्षका एक सांसदले भने जसपाको नेतृत्वमा सरकार बाबुराम भट्टराई(उपेन्द्र यादवहरुको एजेण्डा भएको बताए । त्यसका लागि उनीहरुले नै पहल गर्नुपर्ने उनको तर्क छ । ‘चाहे तपाई घमण्डी भन्नुस, चाहे स्वाभिमानी भन्नुस्, नेतारुको दैलो चहारेर हिड्ने स्वभाव महन्थ ठाकुरको होइन’ नाम उल्लेख नगर्ने शर्तमा उनी भन्छन्, अहिले ठाकुरजीलाई प्रधानमन्त्री बनाउन चाहेको हो भने अहिलेसम्म त शेरबहादुर देउवा र प्रचण्डको समर्थन ल्याइसक्नुपर्ने होइन र ?
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल