Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसको द्वन्द्व हटेन

काठमाडौं । पार्टीको १४औंमहाधिवेशन समयमा गर्ने कि विधानको अधिकार प्रयोग गरी एक वर्षपछि सार्ने भन्ने विवाद सिर्जना भएको छ । सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको भागवण्डामा तेस्रो धारका नेता कृष्ण सिटौला बाधक बन्न पुगे पार्टीको विधान सर्वश्रेष्ठ हो । विधान मिच्ने काम कसैले गर्नु भएन भन्ने पक्ष र विधान मिचेको छैन भन्ने संस्थापनबीचको लडाई नै काँग्रेसका प्रदेश समिति जिल्ला समितिको बनोट परेको छ ।

भगिनी संगठनहरूलाई अपांग छाडेर पार्टीको कार्यक्रमले गतिलिन सक्दैन भन्ने हेक्का संस्थापनले राखेको छैन । प्रतिपक्ष दलको गतिविधि कमजोर बन्दा सरकारलाई खवरदारी गर्ने शक्ति पनि कमजोर हुन्छ । आगामी नेतृत्व कसले लिने भन्ने चिन्ता पौडेल पक्षले दर्शाए पनि त्यो समूह खण्डीकरण भएकोछ । प्रकाशमान सिंह, अर्जुन नरसिंह केसीले छुट्टाछुट्टै भेला गरेर दुवै भेलाका सहभागीहरू तिनै थिए । रामचन्द्रको घरमा पहिले भेला हुन्थ्यो जाने उनीहरूनै थिए । स्वार्थका लागि पौडेलले देउवासँग सम्झौता गर्न समूहको नाम भजाउने शंका हुँदा उनीहरू पौडेलबाट पन्छेका हुन् । डा. शेखर कोइराला जस्तो देशभर सबै जिल्लामा अरु नेता धाएका छैनन् ।

डा . शेखर नेतृत्वको आकांक्षी छन् र उनी देशभर घुमेका छन् । उनले देउवा समूह र पौडेल समूह बनेर एकले अर्काको खुट्टा काट्ने प्रवृत्ति हटाउन पहल गरे । उनी जाँदा दुवै समूह सहभागी भए । कृष्ण सिटौला पक्षले संगठनहरूलाई अपांग बनाउन हुन्न भनेको हो । तर उनको भनाई संस्थापन पक्षले राम्रो मानेन । कुनै पनि संगठनहरू क्रियाशील नहुँदा जागरण अभियानले कस्तो उपलब्धी प्राप्त गर्ला ? कार्यकर्ताले केन्द्र मिलाउ जिल्ला र गाउँ हिजो जे जस्तो छ काँग्रेसकै रुपमा छ भन्नुको तात्पर्य नेतृत्वलाई काँग्रेसको मुद्दालाई जिवित राख भनेको हो ।

महामन्त्री डा. शशांक कोइरालाबाट पार्टी संगठन चुस्त राख्न असहज हुने भएकाले देउवाले पूर्णबहादुर खड्काजस्तो निपूर्ण नेतालाई महामन्त्रीमा मनोनित गरे । हिजो निर्वाचित महामन्त्री प्रकाशमान हुँदा सुशील कोइरालाले कृष्ण सिटौलालाई ल्याएका हुन्् । निर्वाचित महामन्त्रीबाट सबै काम ढुक्कसँग हुन्छ भन्ने विश्वास भएको भए सुशीलले पनि मनोनित गर्ने थिएनन् । तरुण दल चार जनाको भरमा छ, अधिवेशन गर्न नपाएका थुप्रै संगठन काँग्रेसको भातृ समूहका रुपमा छन् । प्रदेश तहमा पार्टी र भातृ संगठनसँगै विस्तारगर्नु पर्नेमा उल्ट गञ्जागोल खडागराइएको छ । त्यही कारण शुभेच्छुक संगठनहरूले नेतृत्वसँग विमती जनाए । संस्थापनको दाउ शुभेच्छुक संगठनहरूलाई पार्टीको नियन्त्रणमा राख्ने नेकपाको जस्तै नियमावली बनाउन खोज्दा उनीहरू आक्रोशित हुन पुगे ।

देउवा आफैं कडी कडाउ गर्दैनन् । उनको टीम पर्दा एक हुन्छ नेतृत्वमा देउवालाई नै अगाडि सार्छ । तर पौडेलको टीम आपसी एकताबाट भाँडिएको छ । त्यहाँ पौडेल सर्वसम्मत हुन नसक्नुको कारण कतिपय मुद्दामा पौडेलले समूह देखाएर स्वार्थ पूरा गरेकोले हो । पौडेलले पार्टीमा योगदान नभएको छोरालाई केन्द्रीय सदस्य बनाउने गरी देउवा आफ्नै पारिवारिक छलफल गरेको फोटोसहितको समाचार यसै साप्ताहिकले छापेको थियो । पदका लागि पैसाका लागि यी पौडेलले देखाएको व्यवहारले उनी संसदीय दलको नेता भएको बेला देखिएको नेतृत्वहिन प्रवृत्ति पनि हो । उधारो प्रधानमन्त्रीका लागि १७ पटक सदनमा चुनाव लडे आफ्नै टीमलाई विश्वासमा लिएनन् त देउवा पक्षले आफ्नो लागि साथ दिएन भनेका कारण लामो समय देउवापक्षको कृपा रामचन्द्रमा भएन । अहिले द्वन्द्व हुनु भनेको प्रतिपक्ष झन कमजोर हुनु सरकार तानाशाही बन्ने बाटो खोल्नु हो ।


सम्बन्धित समाचार