Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । चुनाव जित्न स्थानीय चुनावमा वडा तहमा पार्टी उम्मेदवारले पाएको मतलाई दलहरूले आधार बनाएका छन् । सरकारी गठबन्ध्न राष्ट्रियसभाको चुनावदेखिनै बलियो थियो तर काँग्रेसमा इमान्दारीता देखिएको छैन । लडाइँ माओवादी र काँग्रेसको नाउमा बीपी टोपीधारी र माक्र्स कट दारीधारी बीचमै छ । आदर्शको पोको थाप्ने तर घैलो भर्न एक्लै कठिन भएपछि गठबन्धन गरेर सत्तामा पुग्ने बाटोको खोजी भएको हो । यसपटकको चुनावमा काँग्रेसकै इमान्दारीतालाई जोड दिइएको हो । माओवादीमा इगो छैन । स्व. खुमबहादुर खड्का गृहमन्त्री बनेका बेला चलाइएको किलो शेरा टुका नाइके तत्कालिन आइजीपी अच्यूतकृष्ण खरेल जिउँदैछन् । त्यो बेलाको गृह प्रशासनले नेपाल प्रहरीलाई कसरी प्रयोग ग¥यो भन्ने प्रमाण लिन कठिन छैन । जनयुद्धमा एमालेको ओली गुट, ईश्वर पोखरेल चरित्रले जासुसकै काम गरेको हो । एमाले आफूले जिते गठबन्धन सफल आफ्नै छुच्चो चरित्रका कारण पराजित भए अन्तरघात भन्ने जातको पार्टी हो । संसदीय मोर्चामा एमाले र काँग्रेसमा कुनै फरक छैन । वैचारिक रूपमा एक भएर पनि नेकपा माओवादीका नेताहरू मोहन वैद्य, नेत्रविक्रम चन्द समेतले बुर्जुवा गणतन्त्रको उपयोग गर्न सकेनन् । मुखका यी क्रान्तिकारीहरू जनयुद्धमा वर्ग शत्रुको आमने सामने कहिल्यै भएनन् । पार्टी फुटाउँदा मोहन वैद्यले देव गुरुङ र सीपी गजुरेललाई मन्त्री नदिएको प्रमुख कारण थियो ।
काँग्रेसले इगो लियो भने उसैको पुच्छर बन्न नेता तयार हुँदा कार्यकर्ता तयार हुनैपर्छ भन्ने छैन । माओवादीका मन्त्रीले आफ्नो मातहतका मन्त्रालय तहबाट गर्न सक्ने जनपक्षीय निर्णय गरे पनि प्रतिफल आएको छैन । शिक्षा र स्वास्थ्य माफिया करणको जालो हटाएको छैन । ऊर्जामन्त्री पम्फा भुसालले गरिबका लागि २० युनिट विद्युत निःशुल्क भनिन्, कार्यान्वयन गर्ने विद्युत प्राधिकरणमा एक्लो कुलमानले प्रतिफल दिएको भनेको प्रचण्डको साथमा १८ घण्टे लोडसेडिङको अन्त्य हो । पम्फाले भारतमा बिजुली बेचिन, बंगलादेशसम्म नेपालको बिजुली पुग्दैछ भनिएला । तर भारतबाट ल्याइने विद्युतमा नेपालले कति पैसा खर्च गर्छ भन्ने कुरा चुनावी मसला बन्छ । काठमाडौंका ९ वटै क्षेत्रमा काँग्रेस इमान्दार भएको खण्डमा क्षेत्र नं. १० राजन केसीको पोल्टामा हो । तर एमालेले जसपालाई राम्रै शिक्षा दिएको छ । उपेन्द्र यादवलाई सत्ता गठबन्धनले दिएको भन्दा बढी सिट दिएर एमाले गठबन्धनमा भिœयाइयो । व्यवहारमा एमालेले जसपा उठेका ठाउँमा एमाले उम्मेदवार छँदैछन् । काँग्रेसका शेखर कोइराला गुट आफ्नै पार्टीभित्र अल्पमतमा थियो । आफूले नपाएसम्म डा. शेखर कोइराला शेरबहादुरसँग घुक्र्याए आफूले पाए, केही आफ्नो टिमलाई दिलाए भूपेन्द्र जंग शाही जस्ता उत्ताउलाहरू हिस्स भए । चुनाव प्रचारमा काँग्रेसले जिल्ला, क्षेत्र, नगर, वडा समितिसम्मका नेता कार्यकर्ताले चुनावी इमान्दारिता कस्तो देखाउँछन् ? चुनावी माहोल त्यसैमा भर पर्दछ । माओवादीमा पनि त्यो इमान्दारिता देखिनुपर्छ । काँग्रेसमा ठूलो मत छ भन्दैमा सबैतिर काँग्रेस भन्ने हुँदैन । गठबन्धन बनिसकेपछि जहाँ जसको उम्मेदवारी छ उसलाई जिताउने दायित्व नेतृत्वको हुन्छ । गठबन्धनको हारजित काँग्रेसको हातमा छ । न कि समाजवादी र माओवादीको हातमा ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल