Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । संसद पुनर्स्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विजय जुलुस निकालेको छ । यही बेला बिना विभाग उपप्रम इश्वर पोख्रेल पार्टी अध्यक्ष माधव नेपाललाई टेलीफोनबाट बधाई दिएको कुरा कार्यकर्ताहरुले बताएका छन् । आज सुदुर पश्चिमको राजधानी कञ्चनपूरमा रहेका डा. भिम
रावलले आफ्नो तर्फबाट जनतालाई बधाई दिएका छन् ।
काठमाडौंका विभिन्न स्थानबाट निस्किएका जुलुस शान्तिवाटिकामा पुगेर सभामा परिणत हुने छ । सभालाई अध्यक्ष प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।
विजय जुलुसमा सहभागीहरुले रातो टीका लगाएका छन् । सूर्य र हँसिया हथौडा बोकेका उनीहरुले लोकतन्त्र जिन्दावाद, केपी ओली बाईबाईलगायतका नारा लगाएका छन् ।
संसद विघटनको विरोधमा पूर्वनिर्धारित विरोध कार्यक्रमलाई प्रचण्ड माधव समूहले बुधबार विजय जुलुसमा परिणत गरेको थियो । सो समूहले देशभर विजय जुलुस निकाल्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ । सर्वोच्च अदालतले गरेको फैसलालाई स्वीकार गर्र्दै ओली पक्षका संसदहरु समेत त्यो जुलुसमा देखियो । अहिले ओलीलाई साथ दिने भन्दा डुवाउनेहरु नै बढि छन् ।
काठमाडौंको कार्यक्रममा सहभागी हुन प्रचण्ड र माधव नेपाल चितवनको सभालाई सम्बोधन नगरी बिहान काठमाडौं फर्किएका छन् ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल