Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राजनीतिक नेतृत्व लम्फूदास भएपछि देशको नुटनीति कस्तो हुन्छ ? त्यसमा पनि नेकपा माओवादी जस्तो जनयुद्धको धङधङीले ग्रस्त हुँदा जनताबाट टाढिँदै गएको पत्तो पाउँदैन । क्षमता, योग्यता र अनुभवका आधारमा उपप्रम तथा परराष्ट्रमन्त्री बनाइएका नारायणकाजी श्रेष्ठ समेत कुटनीतिक तहमा असफल देखिए । पार्टी सत्तामा हुँदा गुटको भाग नदिई नहुने तर ठाउँमा पुगेर राष्ट्र र जनताका पक्षमा गरेका कामले वाहवाही पाएनन् । श्रेष्ठको गुठीबाट पटक पटक गिरिराजमणि पोखरेल मन्त्री भए, उनको काम टिमको नाममा घुस संकलन गर्न दलालहरूलाई खटाइएकै हो । नारायणकाजीले भौतिक मन्त्री बन्दा राम्रै गरे । गृहमा छँदा नक्कली भुटानी शरणार्थीदेखि साहुकर, मिटरब्याज पीडितको हितमा काम गरे तर उनलाई त्यहाँ टिक्न दिइएन ।
कुनै बेला यिनै काजीले देशका नेता, कर्मचारी मनपरी ढंगले विदेशीहरूसँग भेट्न होटलमा पुग्ने होडबाजी बन्द गराएकै थिए । तर यस पटक उनी नेपालको परराष्ट्र सम्बन्धमा असफल भएको कुरा प्रधानमन्त्री भारत भ्रमण गर्ने दुई दिन अगाडि विभिन्न देशका आठजना राजदूत फिर्ता गर्ने निर्णय गरेर वर्तमान सरकारको लज्जाजनक स्वाभाव देखाइयो । जबकि मन्त्री परिषद्को बैठकले यो निर्णय गरेको हो । चरित्रका रुपमा माओवादीको पहिलेको नेतृत्व आफू आर्थिक रुपमा सम्पन्न भएको छ । भ्रष्टाचारको विरोध गरे पनि माओवादी नेताहरूको दस्ता कम्बल ओढेर घिउ खान सफल छ । पार्टीले सामाजिक न्याय र विधिको शासन भन्छ नेताको दम्ब र अहंकार दलाल र घुसखोरीसँग जोडेको अवस्था छ । माओवादीका नेताहरू वर्गीय धरातल त्यागेर जातीवादमा रमाएका कारण पार्टीले गर्ने सिफारिशमा पनि त्यो जातीयता मौलाएको देखिन्छ । उनीहरूलाई ऐन, कानुन, योग्यता चाहिँदैन ।
अहिले माओवादी ३२ सीटे भए पनि पदका लागि कहिले काँग्रेस, कहिले एमालेको बुई चढेको अवस्थामा छ । पार्टीको मुल नीति नै जातिवादमा गएको कारण वर्गीय सोचाईका समर्थकहरू माओवादीका अगाडि साइबर बन्दै छन् । बोल्ने जनयुद्धको गौरव व्यवहार प्रचण्डको परिवादवाद र गुटवादमै रमाउने भएको छ । पार्टीको परराष्ट्र सम्बन्ध राम्रो छैन । नेताको पर्यटक बन्ने देश चीन भएको छ । छिमेकीसँग पञ्चशिलको आधारमा सम्बन्ध राख्नु त कता कता स्वार्थ भन्दा अरु छैन ।
सरकारको नेतृत्व गरेको दलले वैदेशिक यात्रा गर्दा सम्बन्धित देशको सरकारपक्ष बाहेक अरुलाई भेट्दैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको सपथ कार्यक्रममा पुगेका प्रधानमन्त्रीले प्रम मोदीको विश्वास कति जिते, विपक्षी दलका नेतालाई भने महत्व दिएनन् । तयो भारतमा भारतीय जनता पार्टी पहिलो र दोस्रो कार्यकलामा जसरी जनताबाट साथ पायो तेस्रो कार्यकालमा एक्लै बहुमत ल्याउन सकेन । नरेन्द्र मोदीको शासकीय चरित्र लोकतान्त्रिक भएन । उनकै पार्टीका नेताले मोदीलाई निमक हराम भनेका पनि छन् । नेपालले भारतसँग राख्ने सम्बन्धमा नै दलीय नजर फरक छ । परराष्ट्र सम्बन्ध पञ्चशिलको सिद्धान्तका अधाारमा हुनुपर्नेमा दलालीकरण देखियो आफ्नो गुमेका भूमि कुटनीतिक ढंगले फिर्ता लिन नसक्ने तर देशभक्त र प्रगतिलिशल भएको दाबी गर्ने नक्कली राष्ट्रवाद यहाँ चम्केको छ । मन्त्रीका लागि भारत धाउने हृदयेश त्रिपाठी जस्ता फाइल माफियाहरू संसद नभए पनि भारतले नवलपरासीको सुस्तामा नेपालीमाथि गर्ने दमन र लुटपाट हटाउन परराष्ट्र मन्त्रालयस्तरमा के प्रयास भए ? माओवादीको राष्ट्रवाद यही नांगिएको हो ।
राजदूत नियुक्त गर्ने नाममा अनुभव नभएका दलका लठैत, कार्यकर्ता, खटाइएका छन् । कुटनीतिक मर्म बुझेको छैन, अनुभव छैन, वैदेशिक सम्बन्धको ज्ञान छैन । वैदेशिक रोजगार कम्पनी चालएका, ट्राभल एजेन्सी खोलेर बसेका, ठूला नेताको सम्पर्कमा रहेका चरित्रले नेपालको इज्जत कति राखेका छन् ? कति त नेपालको दूतावासको सम्पत्ति बेच्नकै लागि पठाइएका छन् । आफ्नो देशको दूतावास भवन बेचेर भाडाको घरमा दूतावास राख्ने योजना बनाएका दलहरू पनि छन् । नेपालले कुटनीतिक सम्बन्ध बलियो राख्न नसक्दा कतिपय ठाउँमा देश हेपिएको छ । नेपाली युवाहरूको रोजगारीका गन्तव्य स्थान मलेसिया, साउदी अरव, कतार, कुवेत, बहराइन, युएई जस्ता देशले नेपालका म्यानपावर कम्पनीसँग मिलेर नेपाली श्रमिकमाथि गरेका शोषणप्रति नेपाल सरकार बोल्न नसक्नुको मुल कारण नै कुटनीतिक क्षेत्रको नालायकी हो । काँग्रेसबाट जनपक्षीय काम हुँदैनन् । कम्युनिष्टबाट अपेक्षा गर्ने काम धेरै छन् । तर उपप्रम एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई नै कतिपय निर्णयका बारेमा पूरा जानकारी दिइँदैन । केपी ओली अञ्जान शाक्यलाई राजदूत बनाउन हतार हुन्छ । काँग्रेसका शेरबहादुरलाई को म्यानपावर सञ्चालक हो त्यो च्याप्नु छ । तर माओवादीलाई कुटनीतिक सम्बन्धका बारेमा चिन्ता पनि छैन, इज्जत पनि छैन ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल