Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । ताजानेपाल डटकममा ‘चिनियाँ रक्षामन्त्रीले किन रोजे सैन्य हेर्डक्वार्टर’ शीर्षक समाचारप्रति नेपाली सेनाले आपत्ति जनाएको छ । समाचारमा प्रस्तुत भएका विषयहरू लेखकका निजी विचार भए पनि प्रकाशकीय दृष्टिकोणले ताजानेपाल डटकमको जिम्मेवारीभित्र पर्दछन् । नेपाली सेनाप्रति गलत मनसाय राखेर समाचार सम्प्रेषण गर्ने हाम्रो अभिप्राय छैन ।
लेखकले लगाएका आरोपहरूमाथि ताजानेपाल डटकम क्षमायाचना गर्दै राष्ट्रिय सेनामाथि त्यस समाचारले लगाएका आरोपहरू पनि खण्डन गर्न चाहन्छौं । हाम्रो अभिप्राय नेपाली सेनालाई लाञ्छना लगाउने होइन । यदि सेनाले लाञ्छना लगाएको महसुस गर्छ भने हामी क्षमा माग्न चाहन्छौं ।
अब उपरान्त सेनासँग जोडिएका त्यस्ता गलत र भ्रामक, तथ्यहिन सामग्रीलाई स्थान दिने छैनौं । हाम्रो उद्देश्य नेपाली सेनाको गरिमा र प्रतिष्ठामाथि आँच पुर्याउने पनि होइन । नेपाली सेनाले यसै विषयलाई लिएर प्रेस काउन्सिल नेपालमार्फत् पठाएको पत्रलाई हामीले स्वीकार गर्दै यो समाचारको खण्डन समेत गर्दछौं ।
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल