Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रयास गर्नु पर्छ हरेक पाइला चाल्दा अगाडि पछाडिको वातावरण बुझ्नुपर्छ । मुलुकको जेठो पार्टी नेपाली काँग्रेसमा नेतृत्वको प्रतिस्पर्धा आन्तरिक हुने गरेको छ । गिरिजासँग चिरञ्जीवी वाग्ले, शेरबहादुर देउवा, नरहरि आचार्यसम्मले सभापतिमा चुनाव लडेकै हुन् । तर कोइराला वंशीय परम्पराबाट शेरबहादुरले पार्टी सभापतिको पद खोसेका हुन् । रामचन्द्र पौडेल दिएको खाएर चित्त बुझाउने नेता हुन् । सुशील कोइरालाको निधनपछि हो शेरबहादुर देउवाले नेतृत्व लिएको । अहिले त्यही कोइराला वंशका डा. शशांक कोइराला र सुजाताले डा. शेखरलाई साथ दिन छाडेका छन् । संस्थापनको वरपर बसेर स्वार्थगत पहिचान देखाउन उनीहरू सक्छन् ।
गगन थापा युवा जोश र जाँगरले संसदीय दलको नेता बन्ने साहस गरेका हुन् । उनलाई संसदको उम्मेदवारको टिकट वितरण गर्दा नै संस्थानको बाहुल्य छ भन्ने थाहा थियो । राजनीतिमा धैर्यता चाहिन्छ । तर गगनले धैर्यता देखाएनन् । महामन्त्री त उनी नै थिए । गगनले डा. शेखरलाई नै अगाडि सार्नु पथ्र्यो । तर आफैं हतारिए । उनलाई डा. शेखर समूहकै तेजुलाल चौधरीहरूले नै भोट दिएनन् । उनको टिम शुद्ध दूधले धोएको थिएन । सरकारमा नगए पनि शंकास्पद व्यवहार गर्ने टोली त्यहाँ छ । विगत कोट्याउँदा उपसभापति धनराज गुरुङ नै निस्कलंक थिएनन् । गगन स्वयंलाई विद्यार्थी कालदेखि नै गल्लाका रूपमा लिइन्थ्यो । काँग्रेसबाट विद्रोही बनेका अमरशेकुमार सिंहका भनाई नै सत्य हुन् भने गगनको पछाडि माफिया गिरोह छ । गिरोहले चलाएका नेता कस्तो होला ? संस्थापनका अगाडि विपक्षी बलियो होला तर मतदान गर्ने बेलामै गोप्य मतदानलाई मोबाइलमा कैद गरी डा. आरजु महारानीसम्म जाहेर गर्नु पर्ने शासन चलाएको अवस्था पनि आयो । यो भनेको काँग्रेस हो । काँग्रेसमा बाद शाह धेरै छन् । वंशको उत्तराधिकारी भएकोमा गर्व गर्ने गणेशमान पुत्र प्रकाशमान, बीपी पुत्र डा. शशांक, गिरिजा पुत्री सुजाता र महेन्द्रनारायण निधि पुत्र विमलेन्द्र निधि समेत दिएको खानेमा गनिएका छन् । काँग्रेस सिद्धान्त र विचारको लडाइँमा छैन । कम्युनिष्टले समेत गुट केन्द्रीत स्वार्थले काम गरेको बेलामा काँग्रेसमा देउवा गुटबाट गगनलाई साथ हुन्छ भन्ने कुरा कल्पना गर्न सकिने थिएन । तर हिम्मत उनले गरेका हुन् । प्रयास गर्नुपर्छ सामूहिकतामा चल्नु दलीयताभित्रको प्रजातन्त्र हो । त्यहाँ गगनको टिममा पनि मान्छे छन् देउवाको टिममा पनि छन् । उनीहरू सबै काँग्रेस हुन्, स्वार्थ सबैको एउटै हो । चुनाव भनेको देखाउने रमिता हो ।
लोकतन्त्रमा माफिया
सबै दलका नेतालाई चाहिएको छ पैसा । लोकतन्त्रले गरेको विकास भनेको माफियाकरण हो । यहाँ बैङ्क पनि जोडिन्छन् । जनताको पैसा लगानी गर्ने र डुबाउने काम बढी हुने गर्छ । माओवादीका जनार्दन शर्मा र एमालेका डा. युवराज खतिवडा भनेकै माफियाका खेताला हुन् । नेकपाको शासन कालमा चम्केका माफियाहरू एनसेलका शतिसलाल आचार्य, हतियार कारोबारी दिपक भट्ट, थाहा खबरका अजय सुमार्गी, एनआरएनका उपेन्द्र महतो, यति एयर समूहका स्व. आङकाजी शेर्पा, ओम्नी समूहका विशाल पण्डित किट र थर्मल गनका त्रिलोक अग्रवाल, नारायणहिटी र धर्मशाला काण्डका आनन्दराज बतास चर्चित थिए । यी माफियाले समृद्धि र विकासमा कति इँटा थपे जसले ४१ महिने कम्युनिष्ट शासन ०७४ सम्म रु ७ अर्ब वैदेशिक ऋणलाई २०७८ असारसम्म २१ अर्ब पु¥याए । पार्टी फुटाउने समकक्षी नेताको बदनाम गर्ने छोटे राजाले अदालती झापड नखाँदासम्म अल्पमतको शासन चलाएकै हुन् । ओलीले जे लगे पनि तुरुन्त स्वीकृत गर्ने राष्ट्रपति विद्या भण्डारी समेत यो माफिया जालकी साक्षी भइन् । अहिले पनि जगजगी यिनकै छ । जनता गरिब छन् । आशा सरकारबाट गर्छन् । सरकारमा पुगेका नेता कमिशनमा डुबेर कृषि मल समेत बेलामा ल्याउँदैछन् । सरकार कम्युनिष्टले चलाए उनीहरूले पनि कमिशनलाई नै जोड दिएको देखिएकै हो । गगनलाई नै नेता मान्नेहरू युवा पुस्ता भन्छन् । तिनकै बीचमा पनि एकता सद्भावको ख्याल गर्नु पर्ने हो । तर तीनले त्यस्तो ख्याल गरेका छैनन् ।
कम्युनिष्टहरू समेत दुर्गन्धित छन् । तिनले गरिबका कुरा गर्छन् । तर अर्थमन्त्रीले गाडी, व्यापारी चकलेट व्यापारीलाई राजश्व घटाउँछन् जनताले प्रयोग गर्ने खाद्यान्न, महंगी नियन्त्रणमा सघाउने इन्धनको मूल्य बढाइनिन्छन् । काँग्रेस त झन् कमिशन रूपी नै हो । गगनले नेतृत्व गरेको पुस्ताले भ्रष्टाचारमाथि प्रहार गर्छ भन्ने विशवास त छैन तर आश गर्न भने सकिन्छ । प्रचारले मात्र हुन्थ्यो भने गगन संसदीय दलको नेता हुनुपथ्र्यो । पत्याउनेले पत्याउन नसकेपछि पराजय भोग्नैपर्छ । कस्ता कस्ता समानुपातिकमा बसे भन्ने कुरा गगनले देखेका थिए । उनको टोली भएर मात्र भएन । जमात ठूलो संख्या धेरै हुनुपर्छ । काँग्रेस आफैं पनि विवादरहित छैन । यसले संसदीय दलको संरचना फेर्न सक्छ भन्ने कुरा धेरैलाई श्विास थिएन । त्यही कारण सभापति शेरबहादुर देउवा पनि सरकारबाट बाहिरै परे ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल