Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गतिहिन काँग्रेसले दूर्गती भोग्दै

काठमाण्डौ । काँग्रेसले गतिहिन वाटो लिदा पार्टीका विज्ञ वुद्धिजीवीहरु निराश छन् । एनजीओ र आइएनजीओ चलाएर बसेका डा.स्वोर्णिम वाग्लेलाई सुनकै टुक्रा झैं प्रचार गर्नेहरुले सभापति शेरवहादुर देउवा र डा. आरजु राणालाई सरापेका छन् । डा. शेखर कोइराला, डा. गोविन्द पोखरेल, महामन्त्री गगन थापा, विश्व प्रकाश शर्माहरुलाई सन्देश पठाएर पार्टी बचाउन सल्लाह दिएका वाग्ले चितवन बासी हुन । उनले गत चुनावमा क्षेत्र नं १ बाट उम्मेदवार पाउन आग्रह गर्दा डा. धर्मराजलाई पार्टीले अगाडि सारेपछि वाग्ले पछि हटेका थिए ।
अहिले वाग्ले तनँहु १ वाट रास्वपाको उम्मेदवार भएका छन् । सभापति देउवाले वाग्ले जस्ता अर्थशास्त्रीलाई राष्ट्रियसभाको सदस्य बनाउने गरी अर्थ मन्त्रालयको जिम्मा दिनु पथ्र्यो । तर देउवाका झिटी गुण्टाहरुले पार्टी भन्दा गुटको ध्यान दिएका कारण डा. शेखर कोइरालाहरुको चुरीफुरी कठ्ठै भन्नुपर्ने तहमा पुग्यो । भाग वण्डा लगाएर पार्टीको सत्तामोह चरमचुली पुर्याउने काम भयो । काँग्रेसले उपनिर्वाचन हुने तीनै क्षेत्रमा चुनाव जित्ने अवस्था छैन । किनकी सरकारलाई पूर्णता दिन काँग्रेसले नै ढिलाई गरेको हो । संसदको तेस्रो दल सरकार प्रमुख छ ।
जनताको हितमा काँग्रेस कहिल्यै सचेत भएन । काँग्रेसमा प्रधानमन्त्री बनेकाहरुको छोरी र श्रीमतिबाट प्रशासनिक हस्तक्षेप नै गरेका छन् । तीनका हस्तक्षेपले धेरै संकट सहेको मुलुकमा परिवर्तनको वाहक नेतृन्व बन्न सकेन । काँग्रेसमा राम्रा भन्दा हाम्राले ठाँउ पाएका छन् । राष्ट्रपति रामचन्द्रले तडक भडक त्यागे पनि अनावश्यक नियुक्ति गर्न थालेका छन् । उनका सहयोगीहरु भद्र अनुभवि त छन । राष्ट्रपतिले आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाललाई नियुक्त गरेका छन् । जागीर खाने र खुवाउने काम मै राष्ट्रपति लाग्दा काँग्रेस कै वदनाम हुने हो ।