Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । सत्तारुढ दलभित्रको भागवण्डा पेचिलो बन्दै गर्दा गृह मन्त्रालयको विवाद भने अब गर्नु नपर्ने भएको छ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्री हुने निश्चित भएको छ । भौतिक मन्त्रालय एकीकृत समाजवादीको भागमा परेपछि श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री हुने टुङ्गो लागेको हो । गृह मन्त्रालय माओवादी केन्द्रको भागमा परेपछि श्रेष्ठ मन्त्री बन्ने निश्चित भएको श्रेष्ठ निकट एक नेताले बताए । पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अब भौतिकबाट गृहको जिम्मेवारी सम्हाल्ने भएका हुन् । यसअघि समेत श्रेष्ठले गृह मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । यस्तै सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको मन्त्रालय फेर्न तयारी भइरहेको बताइएको छ । अन्य माओवादीले पाएका मन्त्रालय र मन्त्रीहरू यथावत् हुने भएका छन् ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल