Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घाटा पुर्तिगर्न ९२ ठाउँमा भत्काइदै

सरकारले भारत संगको व्यापार घाटा घटाउने नाउँमा १४ जिल्लाका ९२ ठाउँ ढुङ्गा खाने सन्चालन गर्ने योजना ल्याएपछि दक्षिणको भारत जती खुशी छ । नेपाली जनतामा त्यो खुशीयाली आएन । नेपालको ढुङ्गा गिटी लगेर भारतले सहर बनाउछ । नेपाल सरकारले समथर जमीन बगरमा परिणत गरेर जनताको खेती योग्य भुमीलाई बगर बनाउदै छ । कम्युनिष्ट पाटीको सरकारलाई विपक्षी पाटीले निरकुश र तानासाही भन्नुको कारण सरकारको यस्तै निणर्य र व्यवहारले हो । तिन तहको सरकार मध्य संघिय सरकार , प्रदेश सरकार भ्रष्ट्रचारीहरुको संरक्षक भएको बेला राज्यको श्रोत परिचालन बाट स्थानिय सरकार हरुले गरेका काममा जनता खुशी छन् ।तर प्रदेश सरकार बाट गएको बजेटमा ४० प्रतिशत घुस नेताहरुलाई सुम्पनु पर्ने वाध्यता अहिले पनि छ । संघिय सरकाले बजेटको १९९ बुदाँ मा प्रदेश र स्थानिय सरकारहरु संग कुनै छलफल गरेको छैन जबकी पुर्व को मोरङ्ग,धनकुटा ,उदयपुर ,सिन्धुली ललीतपुर मकवानपुर, चितवन ,पाल्पा प्युठान ,अर्घाखाची ,सल्यान ,सुर्खेत ,डोटी ,डडेल्धुरा सम्मका बलिया पहाड फुटाएर भारतलाई खुशी पार्ने तयारीमा सरकार लागेको छ ।
राष्ट्रपति चुरे कार्याक्रम मार्फत १३ अर्व ४१ करोड ९८ लाख विनियोजन गरेको सरकारले ९ अर्व ९१ करोड ४९ लाख ९९ हजार वितेको ८ वर्षका खर्च गरेको देखिन्छ । मन्त्री भन्छन् ,खानी तथा भुगर्भ विभागको स्विकृतिमा यो निणर्य भएको हो । चट्टानी पहाड फोडेर गतीलो भारतलाई बेच्ने बालुवा र गेगरले नेपालको कृषि योग्य भुमी बगर बनाएर किसान माथि हमाला गर्न सरकार लागेको छ । स्थानिय तहमा डोजर स्काभेटर लोडर मालिकहरुलाई दलहरुले जनप्रतिनिधी बनाएका छन् ।त्यही कारण त्रिसुली ,कमला , जस्ता नदीहरुमा विना अनुमती बालुवा झिक्ने गिटी संकलन गर्ने अभियान चलेको छ । पुर्वको चुरे क्षेत्र यसको प्रभावमा परेको छ । आफ्नो स्वार्थ पुर्ति गर्न जगंल फाडेर धन कमाउने प्रेम आले भर्खरै बन मन्त्री बाट हटाइएका छन् । व्यापार खाटा ११ खर्व उपर गर्न सरकारलाई चिन्ता थियो भने एनसेलको ३४ अर्व ठुला करदाताको ५५ अर्व विधुत प्राधिकरणको १५ अर्व उठाउन सरकारलाई केले छेक्यो जबकी अरबौ खर्च गरेर भारत संग किनेर देशमा भित्राएर त्रिपाल उडाएर रेल राखेको वर्ष दिन पुग्न लागी सक्यो यो सरकारले नितीगत भ्रष्ट्राचार रोकेमात्र संम्वृद्धी आउछ ।