Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चाइनाले कान फुकेको हप्ता दिनमै प्रचण्डको दिल्ली यात्रा

काठमाडौं । चिनियाँ प्रतिनिधिले नेपाली राजनीतिक नेताहरुको कात फुग्न नभ्याउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने भएका छन्। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणमा प्रचण्ड शुक्रबार दिल्ली जान लागेका हुन्। प्रचण्डको शुक्रबार दिल्ली जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। प्रचण्डको भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ।
प्रचण्डको शुक्रबार दिउँसो दिल्ली प्रस्थान गरेर साउन १ गते फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ। भ्रमणका क्रममा प्रचण्डले उच्चस्तरीय भेटवार्ता गर्नेछन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। अहिले सत्तारुढ दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवा राणा पनि भारत भ्रमणमै रहेकी छन्।


सम्बन्धित समाचार