Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार मन्त्रिपरिषद् पुनर्गठनका विषयमा शीर्ष तहमा परामर्श गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ प्रचण्डले शीर्ष नेतृत्वसँग मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सल्लाह गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले बुधवार पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी जसपा सहितका गठबन्धनमा आबद्ध दलहरूसँग छलफल गरेका थिए ।
काँग्रेस, एकीकृत समाजवादी, जसपा र जनमत पार्टी सरकारमा जाने भएपछि शीर्ष नेतृत्ववीच छलफल जारी छ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र राष्ट्रिय स्वतन्त्र पार्टीमा भने सरकारमा जाने विषयमा अलमल देखिएको छ । लोसपाले सरकारमा जान इच्छा देखाए पनि सत्ता साझेदार दलले रुचि देखाएका छैनन् । रास्वपालाई सरकारमा ल्याउन खोजिए पनि पार्टीभित्रै दुई धार देखिएकाले समस्या भएको जनाईएको छ ।
एउटा समूह सभापति रवि लामिछाने उपनिर्वाचनबाट निर्वाचित भएर आएपछि सरकारमा जानुपर्ने पक्षमा छ । अर्को समूह भने तत्काल सरकारमा जानुपर्ने पक्षमा छ । एउटै पार्टीमा दुई धार देखिएपछि सरकारमा जाने विषयमा अलमल भएको हो ।
प्रभावशाली मन्त्रालयमा काँग्रेस, माओवादी र एकीकृत समाजवादी तीन दलले दाबी गरेका छन् । अर्थ मन्त्रालय काँग्रेसले लिने सम्भावना देखिएको छ । गृह मन्त्रालयमा काँग्रेस सहित माओवादी र एकीकृत समाजवादीले दाबी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले गृह आफैँसँग हुने अडान लिएपछि काँग्रेस र एकीकृत समाजवादीले धेरै दबाब नदिने अवस्थामा पुगेको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ । यदि माओवादीले गृह लिएमा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ, उपमहासचिव शक्तिबहादुर बस्नेत, केन्द्रीय सदस्य महेन्द्रबहादुर शाही र पूर्णबहादुर घर्ती दाबेदार देखिएका छन् ।