Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। संकटका बेला कृत्रिम अभाव र कार्टेलिङमार्फत अधिक मूल्य दोहनको अवसरका रूपमा मौका छोप्न खोज्दा वस्तुको मूल्य आकासिएको पाइएको छ।
उपभोग्य वस्तुका साथै निर्माण सामग्रीहरु लगायतको आकासिँदो खुद्रा बजार मूल्यले पनि यसलाई पुष्टि गर्छ। उदाहरणका लागि ( खानेतेल। यो नेपालीको भान्सामा अनिवार्य प्रयोग हुने वस्तु हो। पछिल्लो समय छोटो अवधिमै अचाक्ली दाम बढेको उपभोग्य वस्तुमध्ये पर्छ खानेतेल।
तोरी, सनफ्लावर, भटमास नेपालीका भान्सामा धेरै प्रयोग हुने खानेतेल हुन्। कोभिड सुरु हुनुभन्दाअघि २०७६ कार्तिक २२ गते भटमासको तेलको प्रतिलिटर खुद्रामूल्यएक सय ४० रुपैयाँ थियो। लगभग दुई वर्षपछि अर्थात् २०७८ असोज १ मा यसको खुद्रा मूल्य ७१ प्रतिशतभन्दा धेरैले बढेर लिटरको २ सय ४० पुगेको छ। यो भनेको वर्षमा औसत ३६ प्रतिशत हाराहारीको वृद्धि हो।
पोहोर ९३।६५० र चालु वर्ष ९करिब ७५० को समेत मिलाउँदा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि साढे पाँच प्रतिशतभन्दा कम रहेको अवस्थामा खाद्यान्नको मूल्य वर्षमै ३६ प्रतिशतसम्म बढ्नु अस्वाभाविक छ।
यस्तै, करिब दुई वर्षअघि नै लिटरको एक सय ७५ रुपैयाँ रहेको तोरीको तेल काँचो को खुद्रा मूल्य अहिले त्यसमा झन्डै ५० प्रतिशतले बढेर २ सय ६० रुपैयाँ पुगेको छ। यसमा पनि वार्षिक औसतमा ५० प्रतिशतको वृद्धि भएको छ। भुटेको तोरीको तेल पनि ३३ प्रतिशत महँगिदै लिटरको २ सय ७० बाट ३६० रुपैयाँमा उक्लिएको छ।
यो अवधिमा सनफ्लावरसूर्यमुखी तेलको खुद्रा दाम त अझ ७३ प्रतिशतले बढेर १ सय ५० बाट २ सय ६० रुपैयाँ पुगिसकेको छ। भान्सामा अत्यधिक प्रयोग हुने खानेतेलमा पर्ने सूर्यमुखी तेलको मूल्य पछिल्लो समय वर्षमै ३७ प्रतिशत हाराहारीले बढेको देखिन्छ।
तेलको मूल्य होलसेलबाटै बढेर आउने गरेको खुद्रा व्यवसायी संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्य बताउँछन्। उनी भन्छन्,तेलको मूल्य बढ्दा हामीले पनि सोध्ने होलसेल व्यवसायीलाई हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भएको र अमेरिकी डलरको भाउ बढेको जवाफ उनीहरुले दिने गरेका छन्।
होलसेलले बढाएर पठाउने वस्तुको मूल्यको अपजस र गाली भने खुद्रा व्यापारीले खानुपर्ने बज्राचार्य गुनासो गर्छन्। उनले थपे खुद्रा व्यापारीहरु धेरै छौं, हामीले मूल्य वृद्धि गर्दा एक ग्राहक अर्कोमा जान सक्छन्। तर होलसेल बिक्रेताहरु थोरै संख्यामा छन्। उनीहरुले चाहे जति पनि कार्टेलिङ गर्न सक्छन्। उनीहरु मिलेपछि तेल होस् वा अरु सामानको मूल्य तलमाथि गर्न सकिहाल्छन्।
खानेतेल मात्र नभएर विश्वव्यापी कोभिड महामारीको मौका छोपेर व्यवसायीहरुले अरु विभिन्न प्रकारका तेलको मूल्य पनि लिटरमा ५० रुपैयाँदेखि १ सय २० रुपैयाँसम्म बढाएका छन्।
बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यबारे व्यावसायीहरु कोभिड संक्रमणको कारण देखाउँछन्। बजारमा सामान किन्न निस्किँदा कोभिडले वस्तु तथा सामग्रीको भाउ आयात गर्ने राष्ट्रमै बढेकाले मूल्य बढाउनु परेको जवाफ व्यवसायीहरुले ग्राहकलाई दिने गरेका छन्।
कोभिड महामारीकै बीच दसैं(तिहार सकिएलगत्तै खाद्य उद्योगहरुले क्रमिक रूपमा मूल्य बढाउन सुरु गरेका हुन्।
तेल मात्रै होइन, अन्य विभिन्न प्रकारका खाद्य वस्तुहरुको मूल्यमा पनि छोटो अवधिमै अत्यधिक वृद्धि भएको छ। दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दै जाँदा दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने व्याक्तिहरु भने मारमा परेका छन्।
दैनिक भान्सामा प्रयोग हुने खाद्यान्नको मूल्य वृद्धि हुँदा परिवार धान्नै असहज परेको काठमाडौं सोह्रखुट्टे बस्ने राधिका श्रेष्ठ बताउँछिन्। उनी भन्छिन्, तरकारीको भाउ छोइनसक्नु छ, खाद्यान्न पनि उसैगरी महँगिएको छ। सबैले कोरोनाका कारण भाउ महँगिएको बताउने गरेका छन्। आम्दानी बढेको छैन, महँगी मात्रै बढ्दा परिवार धान्नै धौधौ भइसकेको छ।
हाल देशभर २१ वटा तेल उद्योग छन्। जसले भारतसँगै तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी तेल प्रशोधन गरी बजारमा पठाउँछन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा भारतमै कच्चा पदार्थको मूल्य बढ्दा तेलको मूल्य बढाउनु परेको तर्क व्यवसायीले गर्ने गरेका छन्।
उद्योगीले तेलको प्याकेटमा अधिकतम खुद्रा मूल्य एमआरपी बढी राख्ने गरेका छन् भने खुद्रा व्यवसायीलाई बिक्री गर्दा लेबल मूल्यभन्दा सस्तो मूल्यमा बिक्री गर्छन्। व्यवसायीहरुले अन्तर्राष्ट्रिय बजारमा कच्चा सामाग्रीको मूल्य बढ्ने बित्तिकै नेपालमा पनि तत्कालै मूल्य बढाउने गरेका छन्। उनीहरुले पुरानै मूल्यमा खरिद गरेको सामग्रीमा पनि नयाँ मूल्य तोक्ने गर्ने गरेका छन्।
राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको तुलनामा चालु वर्ष २०७७र२०७८ मा घ्यू तथा तेलमा सबैभन्दा धेरै २८।५ प्रतिश मूल्यवृद्धि भएको छ। यस्तै, यातायातमा १६।२५ दाल तथा गेडागुडीमा ११।७९ मूल्यवृद्धि छ।
यसैगरी, उपभोग्य वस्तुमा ९।२२, मध्यवर्ती वस्तुमा ६।११ र पुँजीगत वस्तुमा थोक मूल्यवृद्धि ७।२४ प्रतिशत रहेको छ।
राष्ट्र बैंकका अनुसार, २०७७ मंसिरमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९।३३ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४।६९ प्रतिशत थियो। यो अवधिमा उपभोग्य वस्तु ५।८१, मध्यवर्ती वस्तु ७।७० र पुँजीगत वस्तु २।७७ प्रतिशत भएको थियो।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल