Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सुब्यवस्थित देशमा सुरक्षा निकायको जिम्मेवार तहमा बसेकाहरूले पुस्तक प्रकाशन गर्दा प्रराष्ट्र विभागको राज्यबाट स्वीकृति लिनुपर्दछ । जथाभावी प्रकाशन गर्न पाइँदैन । २०६३ सालपछि दरबारका तत्कालिन सैनिक सचिव विवेक शाहबाट सुरुभएको बिकृतिले यति निरन्तरता पायो कि सेना, प्रहरी, न्यायाधीशहरूको आत्मकथा प्रकाशन गर्ने होडबाजीनै देखियो । यिनैमध्येका पूर्वप्रधान सेनापती रुकमाङगद कटवालले पनि आफ्नो आत्मकथा प्रकाशन गरे । जसमा उनले गणतन्त्र स्थापना आफूले गरेको सगौरब उल्लेख गरेका छन् । गणतन्त्र स्थापना गर्न निभाएको भूमिकास्वरूप कुनै मुलुकको राजदूत हुनका लागि गिरिजाप्रसाद र सुजाता कोइरालाको चाकडी पनि नगरेका होइनन् । त्यतिबेलाका उनका भनाईलाई स्मरण गर्ने हो भने उनले यतिसम्म भने की, गणतन्त्रका लागि सहयोग गरेका हुनाले आफूलाई राजावादी र माओवादीबाट खतरा भएको समेत भन्न भ्याए । आरएसएसको नेपाल बिरोधि मिसनसँग जोडिएका कटवालले एक टेलिभिजनलाई दिएको पछिल्लो अन्तर्वार्तामा गणतन्त्र ल्याउन आफू जिम्मेवार नभएको अभिव्यक्ति दिएका छन् । अधिकांश पत्रकारहरू पुस्तक पढ्दैनन् अपवाद टिकाराम यात्री बाहेक । अन्तरर्वार्ताकार जिवराम भण्डारीले कटवाललाई प्रतिप्रश्न गरेनन् तपाईंले पुस्तकमा गणतन्त्र ल्याउन भुमिका निभाएको लेख्नुभएको छ तर अहिले आफू जिम्मेवार नरहेको भन्दैहुनुहुन्छ नि ? किनकि अधिकान्स पत्रकारहरू १३ भाइ मध्येका रबि लामिछानेले १२ भाइलाई जासुसी मिसनमा आबद्ध रहेको खुलासा गरेजस्तै जासुसहरूनै छन् । यसप्रकारका पत्रकारहरूले सम्प्रेषण गर्ने बिचार हुन् या अन्तरर्वार्ताहरू प्रायोजितनै हुन्छन् ।
अहिले युट्युब र अनलाइनलाई पनि अपवाद बाहेक जासुसीकरण गरिएको छ । २०५८ जेष्ठ १९ गते राजा विरेन्द्रको हत्या सेनाको घेराभित्र गरिएपछि एक पत्रकारले तत्कालिन प्रधानसेनापती प्रज्वलशमसेर जबरालाइ सोधेका थिए, दरबारको सुरक्षा तपाईंको होइन ? उनले मेरो होइन भनेर उत्तर दिएजस्तै कटवालले गणतन्त्र ल्याउन पुस्तकमा आफ्नो भुमिका रहेको लेखेका छन् भने पछिल्लो अन्तरर्वार्तामा आफ्नै परमाधिपती हटाउन भुमिका नरहेको भनेर झुट बोलेका छन् । प्रज्वलशमसेर राणा र कटवाल नेपाली इतिहासकै नालायक सेनापति हुन् इतिहासले यसको लेखाजोखा अवश्य राख्नेछ । दरबारकै हुकुमप्रमाङ्गिमा नक्कली उमेर बनाएर सच्याइएको कटवालको जन्ममितिकै कारण उनी प्रधानसेनापती बनेको कुरा विवेक शाहले आफ्नो पुस्तक मैले देखेको दरबारमा उल्लेख गरेका छन् । सेनाजस्तो सस्थालाई आफ्नो बपौती ठान्ने दरबारको गैरजिम्मेवार प्रवृत्ति, तत्कालिन मुमा बडामहारानी रत्नराज्यलक्ष्मी शाह राणाको आदेशमा कटवालको नक्कली उमेर बनाएर सहसेनानीबाट अवकाश हुने सिपाहीलाई बढुवा गरेको घटनाले दरबार स्वेच्छाचारी र अनियन्त्रित भएको प्रमाणित गर्दछ । मुलतः नेपालमा दरबार हत्याकाण्ड र गणतन्त्र भारत÷अमेरिकी योजनामा सेनालेनै ल्याएको हो । कटवाललेले आफ्नो पुस्तकमा गणतन्त्र आफूले ल्याउन भूमिका खेलेको उल्लेख गरेजस्तै दरबार हत्याकाण्डका खलनायक प्रज्वलशमसेर जबरालाई निर्दोष देखाउने प्रयत्न गर्दै आफ्ना मालिकप्रती बफादारिता पनि निभाएका छन् । वास्तवमा सरासर प्रधानसेनापती हुने पालो प्रदिपप्रतापबम मल्लको थियो ।
सिआइएको पकड रहेको नेपालको सर्बोच्च अदालतमा उमेर बिवादभन्दै मल्लविरुद्ध मुद्दा हालियो । जब कटवाल सेनापती बनाइयो अदालतले मल्ल निर्दोष रहेको फैसला ग¥यो । यसरी कटवाललाई रअ र सिआइएले अदालत प्रयोग गरेर सेनाको प्रमुख बनाउने भुमिका निभाए । बाहिर उनीहरूले ओखलढुंगाबाट महेन्द्रले दरबारमै ल्याए हुर्काएकोले दरबारप्रती बफादार भएको प्रपोगण्डा गराए । हुन पनि हो राजा महेन्द्र ओखलढुंगा भ्रणमा जाँदा रुखमा बसेर राम्रो मादल बजाएको र गीत गाएको केटोबाट प्रभावित भएर दरबारमा ल्याएर पढाए, हुर्काए, बढाए र सेनामा प्रवेश गराए । रुखमा राम्रो मादल बजाएको हुनाले उनको नाम रुख मादलबाट अपभ्रश गराएर दरबारले नै रुकमाङगद राखिदियो । प्रदिपप्रतापबम मल्ल प्रधानसेनापती हुँदा गणतन्त्र घोषणा गर्न नसकिने आँकलनसाथ उनलाई रोकेर अदालत प्रयोग गरेर कटवाललाई बनाइएको थियो ।
यसकारण बाह्यरूपमा माओवादी र पुष्पकमल दाहाल गणतन्त्रका आइकन देखिए पनि नेपालमा दरबारहत्याकाण्ड र गणतन्त्र देशी–विदेशी शक्तिकेन्द्र विशेषत भारतीय जासुसी संस्था रअ र अमेरिकी जासुसी संस्था सिआइएको योजनामा सेनाले गरेको र ल्याएको हो । २०६२÷०६३ पछि तत्कालीन प्रधानसेनापती प्यारजङ्ग थापालाई राजतन्त्रको सुरक्षाको अडान छोड्न आफूले सम्झाएको कुरा तत्कालीन भारतीय राजदुत श्यामशरणले आफ्नो पुस्तकमै उल्लेख गरेका छन् । यो सेना पृथ्वीनारायण शाह र बहादुर शाहको लिगेसिको नेपाल एकीकरणको सेना होइन । कोटपर्बमा देशभक्तहरूको हत्या गर्ने कार्लमाक्सका शब्दमा वेलायतको पाल्तु कुकुर जंगबहादुर राणा लिगेसिको सेना हो । देश बचाउन राजा महेन्द्रको अविस्मरणीय भुमिका हुँदा हुदै पनि आफ्ना बुबा राजा त्रिभुवनको इच्छा विपरित रत्नराज्यलक्ष्मि राणालाई बिवाह गर्नु र छोराहरूको बेलायतका ‘पाल्तुकुकुर’ राणा परिवारमा बिवाह सम्बन्ध जोड्नु नै महाभुल थियोे र त्यहिनै नेपालको गणतन्त्रको विजवन्न गएको यथार्थ हो । भुराजनितिक टकरावमा अब पुरानो मोडेलको राजतन्त्र पुनःस्थापना गर्नु भनेको नेपाली आवरणको विरेन्द्रको हत्या गरेको इण्डो अमेरिकी सेनाको रक्षाकवज हो । यो भूल हामीले गर्नु हुँदैन । सशस्त्र प्रहरीलाई राष्ट्रिय सेनामा रूपान्तरण गर्दै औचित्यहिन यो सेनाको विघटन र पुरानो राजतन्त्रको सिम्हानुक मोडेलनै देशको हितमा हुनेछ ।
हिमानीको ट्वीट र ओलीको अभिव्यक्ति
पूर्व प्रधानमन्त्री केपी ओलीले पूर्व युवराज्ञि हिमानी शाहको नामको सामाजिक सञ्जालको अभिव्यक्तिलाई लिएर टीका टिप्पणी सुरुभएको छ । पूर्व राजाको सचिवालयले राजा या राजपरिवारको नाममा कुनै सामाजिक सञ्जाल छैन भनेर पटकपटक विज्ञप्ति निकाले पनि सामाजिक सञ्जालमा अभिव्यक्ति दिन रोकिएको छैन । सार्वजनिक जिवनको महत्वमा रहेका ब्यक्तित्वको बारेमा फेक एकाउन्ट छ भने साइबर ब्यूरोमा गएर पत्ता लगाउन सकिन्छ । तर यो राजा र उनको सचिवालयले किन पत्ता लगाउन चाहँदैन ? केहिसमय पूर्व पूर्वराजाकै नाममा चितवनको अयोध्यापुरिको राममन्दिर र रामजन्मभुमी विरुद्ध ट्विट आएको थियो । आफुलाई माओवादी हिंसाका अनुयायी भन्ने नरेन्द्रजङ पिटरजस्ताहरूले त्यो ट्विटलाई सम्प्रेषण गरेका थिए । पूर्व राजाका वरिपरि इन्डो÷पश्चिमा मिसनरिको खतरनाक सञ्जाल रहेकोछ । उनीहरूले राजा या राजपरिवारका नाममा सामाजिक सञ्जाल चलाउँछन् । जब बिवाद आउँछ प्रतिक्रिया जनाउँछन्् । राजा या राजपरिवारले त्यसको प्रतिवाद गर्दैन र गर्न सक्दैनन् किनभने उनिहरूकै घेराभित्र राजा र राजपरिवार रहेको छ । उनीहरूको काम इन्डो÷ पश्चिमा मिसनमा राजा र दलहरूबीच बिवाद ल्याउने र भाडने हो । असली गणतन्त्रबादी तिनै राजाका वरिपरि रहेका छन् । केपी ओली जस्तो परिपक्व ब्यक्तित्वले यति पनि बुझ्न नसक्नु कमजोरी हो । समकालीन राजनीतिक ब्यक्तित्वमा सिपि मैनाली र ओलि जत्तिको जिम्मेवार अरु देखिँदैनन् । हो उनीहरूमा कमि कमजोरी नभएको होइनन् । तमाम कमि कमजोरीका बावजुद उग्रवाद र अतिबादलाई ओलीलेनै कमजोर बनाएको बिर्सनु हुँदैन ।
अहिले पूर्वमा तिनै अतिवादिहरूले ओलिमाथि आक्रमण गर्न खोजेको देखिन्छ । जहाँ राजाको शासनकालमा प्रेम कैदी प्रधानमन्त्री भए सबै समस्या हलहुन्छ भनेर दरबारमा निवेदन दिने गोपाल किराँती जस्ता अतिबादिहरू पूर्वको जातिबादी हिंसामा सामेल छन् । यिनिहरू राजाका वरिपरिको इन्डो÷ पश्चिमा सञ्जालसँग जोडिएका छन् । यी अतिवादिहरूनै राजपरिवारलाई बिवादमा ल्याउन क्रियाशिल छन् । हिजो माओवादी आतंककारीलाई साथ र सहयोग गर्ने पनि यिनै अतिवादिहरू थिए । वरिष्ट पत्रकार युवराज घिमिरेले केपी ओलीको प्रतिक्रियापछि जुन धारणा राख्नुभएको छ धर्मप्रसाद ढकालको हत्यामा केपी ओलिलाई राजाले माफी दिएको कुरा सत्य नै होला । त्यस्तो माफिदिने निकाय अहिले छैन । यसकारण पुष्पकमल दाहाल छट्पटाइ रहेको बुझ्न कठिन छैन । स्वयं युवराज घिमिरे दरबारहत्याकाण्डपछि भारतीय गुप्तचर सस्था रअको योजनामा बाबुराम भट्टराईद्वारा लिखित नयाँ कोतपर्बलाई मान्यता दिनुहँुदैन भनेर ज्ञानेन्द्र शाहलाई हत्या अभियोगसँग जोडेर सेनाको षड्यन्त्र ढाक्ने बिचार २०५८ जेठ २४ गते कान्तिपुर दैनिकको सम्पादक रहेको अवस्थामा सम्प्रेषण गर्ने जिम्मेवार पत्रकार हुन् । घिमिरे पूर्व राजाका सम्बाद सचीव फणिराज पाठकका दिल्लीमा रहँदाका रुम पाटनर पनि हुन् । यसप्रकारको सञ्जालनै पूर्व राजा र राजपरिवारको वरिपरिको घेरा हो ।
आफैं धामी आफैं बोक्सी भन्ने नेपाली उखान टुक्का यो सञ्जालको हकमा लागुहुन्छ । राजा या राजतन्त्रको आवरणमा रहेको यो संजाल वास्तविक गणतन्त्रबादी हो । यसकारण गणतन्त्रको चिन्ता प्रचण्ड, केपी ओली शेरबहादुरहरूले गर्नैपर्दैन । प्रचण्डले बाबुरामलाई कारबाही गर्दा तत्कालीन राजाका मुख्य सचीवनै बाबुरामको बचाउमा लागेका थिए उनले भेटेर बाबुराम बचाउनु पर्यो भन्ने कतिपय ब्यक्तित्वको रेकर्ड हामी र हाम्रो बिचार समुहसँग छ । अहिले सामाजिक सञ्जाल मार्फत राजा र दलबीच बिवाद सिर्जना गर्नेकार्य यही गिरोहले गरिरहेको छ । यो गिरोहले हिन्दुको नाममा चर्च मण्डलीका अध्यक्ष पाष्टर केबि रोकाय चलाउछ । गोरखनाथ नरहरिनाथको नाममा नरहरिनाथको जासुसी गर्न दरबारले खटाएका प्रेम कैदिहरू चलाउँछ । काँग्रेसमा गगन थापा, बिश्व प्रकाशहरू चलाउँछन् । ०६४ सालमा गिरिजाप्रसाद कोइरालाले कोइराला निवास बिराटनगरबाट गगन थापा र नरहरि आचार्य दरबारिया भनेका थिए तर उनीहरूलाई काँग्रेसभित्र गणतन्त्रका आइकन बनाइएको थियो । यिनिहरूलाइ चलाउने पनि यही गिरोह थियो । अहिले स्वतन्त्र पार्टी देखि विभिन्न आवरणमा यही गिरोह क्रियाशिल रहेकोछ । सबैलाई चेतना भया ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल