Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । नेपाल टेलिभिजनले लोकदोहोरी कार्यक्रमलाई महत्व दिन थालेको छ । लोकदोहोरी गायक बन्द्री, पङ्गेनी र पृति आले सञ्चालक रहेको दोहोरी प्रतियोगिताको शुरु कै दिनमा जजहरुको प्रस्तुतीले निकै आलोचित देखियो । दोस्रो दोहोरी च्याम्पेनका जजहरु आफ्नो शरिरको भैसी नदेख्ने अरुको लिखा देख्ने भएपछि यस्तो विवाद परेको हो । उनीहरुले दोस्रो एडिसनमा भने निन्याउरो अनुहार लिएर कार्यक्रममा देखा परे ।
समाजमा प्रख्याती कमाएका प्रजापति पराजुली रमेश विजी चन्द्र शर्मा सीता थापा जस्ता लोकदोरीक क्षेत्रमा स्थापित कलाकारहरु जज हुन पाउदा कति निष्ठुर र हैकमबादी हुदा रहेछन् भन्ने कुरा शुरुको दिनमा छर्लङ भयो । सो दिन उनीहरुको बोली प्रस्तुत कर्ताहरु प्रतिको व्यवहारले सामाजीक सञ्जाल भरियो । कलाकारले आफ्नो कला प्रस्तुत गर्दा समाजमा घटेका तत्कालीन घटना, देशको परिस्थिति, आफूले भोगेका पिडा गीतको रुपमा प्रस्तुत गर्ने हो । कलाकारको प्रस्तुतीलाई उसको पोषाकसँग दाज्न हुदैन । प्रमुख कुरा उसका रचना र प्रस्तुती हुनु नेपाल टेलिभिजनको त्यो प्रतियोगिताको सहभागी हुन गएका कलाकारहरुलाई सहज रुपमा सिंहदरबार प्रवेशको व्यवस्था गर्नु आयोजक बद्री पङ्गेनीको कर्तव्य थियो । तर उनले त्यता ध्यान दिएनन् । नेपालको प्रहरी प्रशासन आम नागरिकप्रति व्यवहारिक छैन भन्ने कुरा सिंहदरबारमा मात्र जाच्नु पर्दैन । सिंहदरबार गेटका प्रहरीको हैकम आम नागरिकलाई पच्दैन । कलाकारहरुलाई पचोस कसरी ?
सिंहदरबार गेटको पिडा भोगेर गएकी चर्चित गाइकाले आफ्नो प्रस्तुतीमा व्यक्त गरेपछि लोकदोहोरी प्रतिस्थानका अध्यक्ष समेत रहेका रमेश विजीले होच्याए । आर्का जज चन्द्र शर्माले गीतकार भाइरल भएको प्रसंङ्ग कोट्याएर होच्याए भने प्रजापति पराजुलीले कपालको चुल्ठो दौरा सुरुवाल जस्ता कुरा उठाएर आफ्नो बढप्पन देखाए । उनीहरुको त्यो व्यवहार विरुद्ध सामाजिक सञ्जाल खनियो । दोस्रो प्रस्तुतिमा उनीहरु लत्रिन बाध्य भए । शनिबार ८:३० पछि प्रस्तुत हुने दोहोरी कार्यक्रमको प्रथम, दृतिय र तृतीयलाई क्रमशत २०, १० , ५ लाख पुरुस्कार दिने घोषणा गरिएको छ । नेपाल टेलिभिजनले प्रदेश स्तरबाट कलाकार सञ्कलन गरि प्रतियोगिता सञ्चालन गर्दा अन्जू पन्त राम कृष्ण ढकाल र आलोक श्रीलाई जज बनाउदा यस्ता मात्तेका शब्द सहभागीहरु समक्ष प्रस्तुत गर्दैनथे ।
२०८१ मंसिर ४
ताजा नेपाल
२०८१ मंसिर २
ताजा नेपाल
२०८१ कार्तिक २९
ताजा नेपाल