Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तत्काल ढाकाकुमारको सांसद पद खारेज नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले डा. ढाकाकुमार श्रेष्ठको सांसद पद तत्काल खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले प्रारम्भिक सुनुवाइपछि पद खारेज नगर्न भनेको हो ।
आदेशको लिखित प्रति भने आइसकेको छैन ।
ढाकाकुमारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारबाहीमा परी सांसद पद गुमाएका थिए । उनले आफूलाई पदबाट हटाउने निर्णयविरुद्ध आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस लेनदेन गरेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले कारबाही गरेको थियो । उक्त कारबाहीका आधारमा सभामुख देवराज घिमिरेले उनको सांसद पद खारेज गरेका थिए ।