Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । पार्टी सरकारमा पुग्दा राज्यकोषवाट आफ्नालाई हरेक पटक आर्थिक साहयता गर्ने कम्युनिष्ट नेताहरुले देश कंगाल वनाउने छन भन्ने कम्युनिष्टका विरोधीको काँग्रेसकै भनाईलाई पुष्टी गर्न एमालेका केपी ओली, झलनाथ खनाल, माधव नेपाल सफल थिए । उनीहरुले करोडौं बाडे । त्यो बेला देशका कर्मचारीले काम गरेको मासीक तलव पाएकै थिए । आज शिक्षकले तलव पाएको छैन । भूपू राष्ट्र सेवकले पेन्सन पाएकै छैन । देशलाई आर्थिक रुपमा टाट पल्टाउने कला ४१ महिने नेकपाको हुकुमी शासन र गणतन्त्रसंग जोडिएको प्रदेश सांसद र सरकार भएको पुष्टी भईसकेको छ । यही वेला माओवादी नेतृत्वको सरकारले जनयूद्धका अयोग्य लडाकूलाई रु २ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । गणतन्त्रका पहरेदार राजनीतिमा कोही थिए भने तीनै थिए जसले ज्यान आन्दोलनलाई दिएका थिए ।
एमाले र काँग्रेसका नेताले करोड वाँडेर अर्व आफैले हजम गर्दा रु १ अर्व रुपैया रुकै पटक आर्थिक सहयोगमा खर्च गर्ने आँट गरेको देखिएन । तर माओवादीको पार्टी नीतिले हिजोका लडाकूलाई कतै रोजी रोटीको व्यवस्था गर्ने आँट गरेन अपजसको भारी घटाउन राज्यकोषमा राजस्व घाटा भईरहदा लडाकूलाई २ लाखका दरले अनमिनको रिर्पोटलाई आधार मानेर दिने भन्दा कोलाहल मच्चिएको छ । पार्टी देशभर ध्वस्त बनेको छ । सार्वजनिक सभा सम्मेलनमा नेताले हौसला थपेपनि भित्री रहस्य भने यस्तै स्थितीले नेतृत्व चल्ने हो भने आगामी निर्वाचनमा माओवादी हिजो दरवारवाट पालिएका काँग्रेस र एमालेको घेरामा पर्नेछ । हिजो विभिन्न व्यक्तिलाई रु ४७ अर्व बाडेका दानीहरुमा एमाले र काँग्रेसकै हुन ।
माओवादी प्रति कसैको सान्त्वना छैन । सामुहिकताको भेउ पाउन नसकेको माओवादी नेतृत्वलाई भ्रष्टाचार गर्न छुट नै छ । काँग्रेससंग पनि कूर्सीका लागि मिलेकै छ । एकता पूर्व छलफल नगरी एमालेको केपी गुटसंग ठूलो पार्टी बनाउने कम्युनिष्ट सरकारको प्रधानमन्त्री वन्ने लोभमा अगाँलो हालेको नेतृत्वले ओलीको डसाइ शैली देखि देखि पार्टी एकता गरेर रमिता देखाएकै हो । जवकी केपी ओलीको लहडमा भएका भ्रष्टाचारको साँक्षी माओवादी नै थियो । भ्रष्टाचारमा अहिले कडी कडाउ होला । तर जनताले पत्याउने ठाँउ छैन । किनकी कालो वजार वढीरहेकै छ । व्यापारीले हाकाहाकी बजार भाउ चर्काएका छन । दलका नेताहरु विकृतिका नायक हुन । चन्दा व्यापारी र ठेकेदारसंग यीनैले लिएका छन । ठेकदारले एउटा ठेक्का समयमा सक्दैन । रकम वढाएर हजम गर्ने सघाउने सरकारका कर्मचारी छदैछन । दलीय लुटपाट प्रत्येक ठाँउमा छ ।
सरकार छ त्यसको उपस्थिती कतै छैन । सरकारको प्रतिनिधिपात्र प्रहरी सवैतिर छ । राजनीति दवावले अपराधी माथी कारवाही गर्न प्रहरीले पाउदैन । प्रहरीमै वेथिति छ । वर्षौ वर्ष काजमा बस्न सघाउने दाई भाउजुको पार्टीले वृफकेश बुझेर बनाएको आइजीपी प्रहरी भित्रको वेथिती सुर्धाछु भन्दैछन । निजामति प्रशासनले राजनीति शक्तिमाथी हस्तक्षेप गरेको छ । कर्मचारीले जागीर खाँदा गरेको प्रतिवद्धता पूरा गरेकै छैनन । राज्य संचालनका हरेक पाटाहरुमा खिया लागेको छ । सरकारप्रति जनताको विश्वास गुम्दैछ । त्यही कारण गणतन्त्र र संघियताको हकदार भनिएको माओवादीलाई जनताको साथ घटन थालेको छ । मुलुकको कुनै क्षेत्र सुधार उन्मुख छैन ।
देशले यस्तो स्थिती सहज मान्दैन । विपक्षी वनाईएको रिशले केपी ओलीका प्रत्येक भनाईमा भाँडतन्त्रको रंग छ । ओलीलाई गणतन्त्र पनि चाहिएको छैन । संघियताका उनी विरोधी नै थिए । जसलाई व्यवस्थाको मायाँ छैन त्यस्तावाट आश गरेर जनताले केही पाउदैन । चुडकीका भरमा सरकार ढाल्ने अस्थिरता चम्काउने केपीका एजेण्डा हुन । उनकै कारण कोशी प्रदेशमा आन्दोलन छ । संघियता र गणतन्त्रमा पहिचान खोज्नु स्वभाविक हो । तर जात जाति भड्काउने काम एमालेका एनजीओ आइएजीओ कर्मी हो । लुटको खेतीभित्र मौलाएका ओम्नी हुकाम, बतास, थामसेर्कूसंग जोडिएकाहरु केपी ओलीका दलाल भएकाले उनका विरुद्धमा कहि कतै उजूर नलाग्ने प्रबन्ध मिलाईएको छ । जसले मानो दिन्छ त्यसको सेवा गर्नु मान्छेको चरित्र हो । लोकतन्त्रमा यस्ता चरित्रले काम गर्छ । कम्युनिष्टहरु समाप्त हुने यसै गरी हो । यस्तै व्यवहारले देश ध्वस्त हुन्छ ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल