Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । कोईराला परिवारको कोखबाट काँग्रेसलाई मुक्त गरेकोमा गर्व गर्ने तर संगठनमा पक्षपात गरेका सभापति शेरबहादुर देउवालाई तह लगाउन अब फेरि काईराला परिवार कै सदस्य डा. शेखर कोईराला सभापति पदमा प्रतिस्पर्धा गर्र्ने भएका छन् । काँग्रेसको नाममा देशभर हिँड्ने, कार्यकर्ता भेट्ने र सोधिखोजी गर्ने यीनै थिए । जसले देउवा र रामचन्द्र पौडेल गुटमा बोलचालसम्म नभएका कार्यकर्ता मिलाउने काम गरे । केपी ओली सरकारको असंवैधानिक कदमको विरोधमा काँग्रेस लाग्दैनथ्यो भने माधव र प्रचण्डको माइतिघरको पलेटी कसाई चर्चित हुने थिएन । सभापति देउवालाई भ्रष्टचार काण्डको फाईलसँग डर छ । डा. आरजु राणा र उनका भाइको व्यापार चम्काउन देउवाको शक्ति प्रयोग भएको थियो । त्यही कारण ललित निवास काण्डमा विजय गच्छदार तानीए जस्तै ठूलो ठेक्कामा डा. आरजु राणा जोडिनुको कारण जिप छिरिङ्ग लामा, बहादुर सिहंलामा, रमेश शर्माहरूको सिण्डीकेट हो । काँग्रेसको पार्टी चुनावमा पनि उमेद्वारहरूको चहलपहल चम्कन्छ । पार्टीमा यो ठेकदारी पेशाको विरोध गर्ने उनै डा. शेखर हुन् । महामन्त्री डा. शशाङ्कले संगठन विस्तारका गतिविधिमा भन्दा समापतिलाई नै सघाउने भन्दा भन्दै काँग्रेसले महाधिवेशन समयमा गर्न सकेन ।
भदौमा १४औ महाधिवेशन गर्ने भनेको काँग्रेसले नेकपाको ओली सरकारले चलाएको असंवैधानिक कदम विरुद्धको जनमत कदर गर्न देउवाले सक्नु पथ्र्यो । तर देउवा आफू प्रम भएर रामचन्द्रलाई थन्को लगाउने टण्टोमा नलागि रमिता हेर्दै थिए समयले उनैलाई मौका दिन अवस्था आउँदैछ । पौडेलको टीमका अजूर्ननरसिँह केसी, डा. रामशरण महतले समेत साथ छाडेका छन् । काईराला परिवारको साथ पाउँदा १३औँ महाधिवेशनमा सभापति जितेका देउवालाई यसपटक विमलेन्द्र निधि काउसो बन्दै छन् । विजय गच्छेदार देउवाका निम्ति बलियो खम्बा थिए । ललित निवास काण्डले यी थान्किएका छन् । अबको काँग्रेसमा देउवाको लागि कृष्ण सिटौलाको टीम खुल्ने ठाँउ छैन । किनकी सिटौलाको टीमबाट युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेद्वार दिएभने अरुको पराजय निश्चित छ । काँग्रेसलाई युवा पङ्क्तिसँग जोड्न डा. शेखर जति सहज छन् त्यो रुपमा रामचन्द्रले सक्दैनन् । युवा नेताहरूको टीम धनराज गुरुङ, गरुराज घिमिरेहरू डा. शेखरसँग जोडिन सक्छन् । किनकी अबको पुस्ता ठेकेदारको पछि लाग्दैन । देउवाले नेतृत्व लिएपछि तरुण दल नेविसङ्घ मौलाउन पाएनन् । यी दुवै सङ्गठनहरू काँग्रेसका लागि विरुवा थिए । दुवै सङ्गठनको नेतृत्व दुई चरणसम्म रोकियो । पार्टीको आन्तरिक जीवनका लागि पनि काँग्रेसमा अब शेरबहादुरहरूको दिन छैन । किनकी प्रतिपक्ष भएर सरकारको शति जाने असक्षम नेतृत्व अबको पुस्तालाई चाहिएकै छैन ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल