Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
बझाङको साइपालमा राष्ट्र संघको आवरणमा अमेरिकी सेना रहेको कुरा भरत दाहालले सार्बजनिक रूपमा अभिव्यक्ति दिएपछि चर्चा परिचर्चा शुरुभएको छ । भरतजिको भनाइ सत्यकै नजिक छ । नेपालमा अमेरिकी सेनाको संख्या घोषित र अघोषित मात्रै हो । दरबार हत्याकाण्ड २०५८ जेष्ठ १९ मा घोषित रूपमै अमेरिकी सेना भक्तपुरमा आएको र त्यो नेपाली सेनासँगै रहेको कुरा २०५८ जेष्ठ २० गतेको गोर्खापत्रमै उल्लेख छ । २०५० साल जेष्ठ ३ गते मदन भण्डारीको हत्या हुनुपूर्व अमेरिकी प्रर्व बिदेशमन्त्री हिलारी क्लिन्टन अमेरिकी सेनासहित भक्तपुरमै आएको कुरा सार्वजनिक भैसकेको विषय हो । अहिले धेरै नेपालीहरू अमेरिकी सेनामा छन् जस्तो एमाले नेता अग्नि खरेलकै छोरा अमेरिकन आर्मी छन् । यो त प्रतिनिधि उदाहरण मात्रै हो । यसप्रकार भारतीय र ब्रिटिस सेनामा जस्तै अहिले अमेरिकी सेनामा पनि नेपाली प्रशस्तै छन् । यसैगरी गैरसरकारी सस्था एनजिओ÷आइएनजिओका सुकिला–मुकिला पत्रकार, लेखक, बुद्धिजीवी, प्राध्यापक, वकिल, कथित मानवअधिकार कर्मिहरू, दलित, जनजाति, महिला, बाल अधिकारकर्मिहरू पनि अघोषित अमेरिकी सिभिल सेना नै हुन् ।
चर्चका पास्टर, पादरी, हिन्दूको आवरणमा रहेका स्कोन, शाहिबाबा, हरेराम हरे कृष्ण, ब्रह्ममकुमारी राजयोग दलाइ लामाको आवरणमा बौद्ध मतको ब्यानरमा रहेकाहरू एमएनओ मंगोल नेशनल अर्गनाइजेसन लगायतका संगठनहरू पनि अघोषित अमेरिकी सेनाकै काम गरिरहेका छन । राष्ट्र संघको आवरणमा जाने नेपाली सेनाले पनि अघोषित अमेरिकीहरूकै काम गर्नेहो । यसकारण भरत दाहालजिले अहिले उठाएको बझाङको विषय प्रत्यक्ष अमेरिकी सेनाको उपस्थितिको सम्बन्धमा हो । विशेष गरेर चिन विरुद्ध केन्द्रित भारतीय हिन्दू आवरणको आरएसएस पनि अघोषित अमेरिकी सिभिल आर्मिनै हो । अहिले परिपक्व राजनीतिक व्यक्तित्व भरत दाहालले उठाएको प्रत्यक्ष उपस्थितिको विषयमा केन्दित रहेकोछ । यो अवस्थामा सबै प्रकारका छद्वम अनुहार हरूको भण्डाफोर गर्दै अघि बढौं । माओवादी हिंसा भित्र पनि अमेरिकी सैन्य योजना रहेको थियोे ।
माओवादी हिंसाको आवरणमा नेपाली सेनाको संख्या २ लाख ५० हजार पु¥याएर अमेरिकी कु गर्ने योजना शस्त्र प्रहरी बलको गठनले रोकिएको आक्रोश दरबार हत्याकाण्ड हुँदै तत्कालिन गृहमन्त्री गोविन्दराज जोशीलाई सुनियोजित रूपमा भ्रष्टाचारको मुद्दामा फसाएर राजनीतिक हत्याको अवस्थामा पु¥याइयो । स्मरण रहोस् तत्कालिन गृहमन्त्री गोविन्दराज जोशीले दरबार हत्याकाण्डपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र गुप्तचर विभाग प्रमुख चारैजनालाई निलम्बन गरेर दोस्रो वरियतामा रहेकालाई नेतृत्वमा ल्याएर दरबार हत्याकाण्डको कारबाही गर्दै राजतन्त्रलाई संसदभित्र बाँध्न चाहेका थिए । उनकै पहलमा सशस्त्र प्रहरी बल नामकरण गरिएको थियो । सेनाले यसलाई अर्धशैन्य बल राखेर आफ्नो नियन्त्रणमा राख्न खोजिरहेको थियो । तर गोविन्दराज जोशीले अति विश्वास गरेका गिरिजाप्रसाद कोइरालाले विरेन्द्र हत्याकाण्ड गर्ने दरबारिया गिरोहसँग मिलेर जोशिलाई नै समाप्त गर्न भूमिका निभाए । कलियुगको फल अन्ततः गिरिजाप्रसाद कोइराला अक्सिजन थुतेर आत्महत्या गरे । सुशिल कोइराला आफ्नै निवासमा मारिए । घर वरिपरि आलो लगाएर कोठामासुरक्षित भइँदैन । जोशीलाई सिध्याउने कोइरालाहरू अन्ततः घरमा आगो लगाएर कोठामा सुरक्षित हुन खोज्दा आफैं कोही जल्न पुगे र बाँकी रहेकाहरू जल्ने क्रममा छन् ।
सशस्त्र प्रहरी बलको गठनपछि ९२ हजार ५ शय ५२ मै नेपाली सेनाको संख्या रोकियो । ततपश्चात माओवादीले अन्तरिम सरकार, गोलमेच सम्मेलन र संविधानसभाको नारा ल्याएको थियो । दरबार हत्याकाण्ड गराउने प्रज्वल शमसेर जबरा तत्कालीन प्रधानसेनापतिको माओवादी हिंसामा सहयोग थियो । प्रज्वल निकट कुमार फुदुङलाइ माओवादीले सभासद बनाएर आफै निर्बस्त्र प्रमाणित गरिदिए । दरबार हत्याकाण्डपछि दरबारभित्र रहेका दुईवटा सैनिक गणका सेनाहरू जहाँ जहाँ सरुवा गरियो माओवादी आवरणमा आक्रमण गर्न लगाएर उनीहरूको हत्या गरियो । दाङ आक्रमण हुनुभन्दा पहिला तत्कालिन गृहमन्त्री खुमबहादुर खड्काले एक हप्ता पहिला नै प्रधानसेनापति लगायत सुरक्षा प्रमुखहरूलाई जानकारी गराएका थिए । तर तत्कालिन सेनापछि प्रज्वलसमशेर जबराले त्यसलाई सुनेको नसुनै गरे । त्यतिबेला उनले सप्ताह पुराण लगाएका थिए । अहिले मेरो सप्ताह पुराणको समय छ यो कुरा नसुनाउनु भनेर भनेको कुरा सैनिक जनरल चिनियाँबहादुर बस्नेतले आफ्नो पुस्तक सिपाहीको जिन्दगीमा उल्लेख गरेका छन् । यो अवस्थामा हामिहरू अत्यन्त सचेतता पूर्वक जोगिएर आआफ्नो स्थानबाट अभियान चलाउ । पुनर्जागरण हाम्रै युगमा सम्भव छ ।
केही राष्ट्रबादको आवरणमा रहेका मण्डलेहरूलाइ चित नबुझला नेपालको सेनानै अमेरिकी सेनाहो । अमेरिकाकै लागि काम गरेकोछ । चाहे २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्ड होस् या एमसिसिको लबिङमा सेनाका ३ प्रधान सेनापती रुकमाङगद कटवाल, गौरव शमसेर राणा, राजेन्द्र क्षेत्रीको बक्तब्य । यसैगरी निर्बाचित सरकारलाई गुमराहमा राखेर गरिएको अमेरिकी सैन्य सम्झौता एसपिपि । यो पृथ्वीनारायण शाह र बहादुर शाहको लिगेसिको सेना होइन । बेलायती पाल्तु कुकुर जंगबहादुर लिगेसिको कोटपर्वमा देशभक्तहरूको हत्यालाई सहयोग गरेको र २०५८ जेष्ठ १९ मा बिरेन्द्रको वंशबिनासमा मुकदर्शक बनेको सेनाहो । नेपाली आवरणकै अमेरिकी गोर्खा सेना भद्रकालीमैछ । देखिएको दुश्मन भन्दा छद्म दुश्मन अत्यन्त खतरा हुन्छ । कम्बोडियामा लोननोलको सेनाले नरोद्दम सिहानुक सहितका देशभक्तहरूलाई जसरी समाप्त गर्ने भुमिका निभाएको थियो । नेपालको कथित सेनाको भुमिका कम्बोडियाको बिगतको लोननोलकै नेतृत्वको अमेरिकी सेनाको जस्तै हो । असली देशभक्तहरू रास्ट्रवाद र राजाबादी आवरणमा रहेका भद्रकालीको सैन्य जासुसी अनुचरहरूबाट जोगिन जरुरीछ ।
त्यसो भए विकल्प के त ?
धेरैले भन्ने गर्दछन् त्यसो भए राजनीतिक विकल्प के हो ? अहिलेको अवस्थामा नेपालको भू राजनीतिलाई सहि निकास दिनका निम्ति भारत चीन मैत्री र बाह्य सन्तुलन परराष्ट्र नीति हो भने वर्तमान औचित्यहिन सेनाको विघटन, सशस्त्र प्रहरीलाई सेनामा रूपान्तरण गर्दै सिंहानुक मोडलमा पुरानो राजतन्त्रको अवतरण हो । अमेरिकी र पश्चिमा केन्द्रका वरिपरिको कथित गणतन्त्र र राजतन्त्र पुनस्र्थापना दुईवटै नेपाल र नेपालीको हितका लागि बाधक छन् । यसको बीचबाट निकास दिनु अहिलेको आवश्यकता हो । सबैलाई चेतना होस् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल