Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अंकले घटेको पुँजी बजारमा दोस्रो दिन दोहोरो अंकको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १७.७० प्रतिशतले बढेर १९.६ को विन्दुमा कायम भएको छ ।
यस दिन २६१ कम्पनीको ४३ लाख आठ हजार ६४५ कित्ता सेयर ३६ हजार ९८० पटक खरिद–बिक्री हुँदा एक अर्ब ३८ करोड २७ लाख ६७ हजार ९०० रुपैयाँबराबरको कारोबार भएको छ ।
सोमबार लघुवित्त समूह १७.०३ प्रतिशतले घटेको छ । अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक १९४.४५ अंक र निर्जीवन बिमा समूहको उपसूचक १२६.४३ अंकले बढेको छ ।
आज बैंकिङ समूह ३.१४, विकास बैंक समूह ७६.८७, वित्त समूह ३२.६३, होटेल तथा पर्यटन समूह ४७.५० र जलविद्युत् समूह ४३.५२ अंकले बढेको छ ।
यस्तै, लगानी समूह ०.५२, उत्पादन समूह ९९.९८, म्युचुअल फन्ड ०.०८, व्यापार समूह २५.९९ र अन्य समूह १४.२६ अंकले बढेको छ ।
यस दिन सुपरमाई हाइड्रोपावर लिमिटेड, एसियन हाइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेसनल फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज हिमालय डिस्टिलरी लिमिटेडको सबैभन्दा धेरै पाँच करोड ९० लाख ८० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने ग्लोबल आइएमई बैंक प्रमोटर सेयरको दुई लाख ७४ हजार २९६ कित्ता सेयर खरिद–बिक्री भएको छ ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल