Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौैं । नेपालमा अध्यात्मिक उपचारको लागि अभय उपचार केन्द्र भनेर २०३०–२०३२ साल देखि चलिआएको उपचार विधिलाई जापानको उपचार पद्धति भनेर अहिले करोडौं असुल्ने धन्दा चलेको छ । यो धन्दा सञ्चालनका लागि जापानबाट ७/८ वटा संस्था नेपाल छिरेका छन् । ती ७/८ वटामध्ये स्वर्ग पवित्र सत्य सुन्दर समाज नेपाल एक हो । २००५ देखि ओमबहादुर क्षेत्री आफू अध्यक्ष भएर जापानका प्रतिनिधिलाई मेनेजर बनाएर धर्म र उपचारका नाममा राम्रै धन्दा चलाइरहेका छन् । संस्था स्थापना भएको २००५ देखि २०२२ सम्म आइपुग्दा स्वर्ग पवित्र सत्य सुन्दर समाजसँग २० औं हजार सदस्य जोडिइसकेका छन् । हालसम्म सक्रिय सदस्य ३ हजार भएको संस्था स्वर्ग पवित्र सत्य सुन्दर समाज नेपालको नाममा अध्यक्ष ओमबहादुर क्षेत्री र जापानका प्रतिनिधि आन्दोसान जापान गएका छन् । अर्की जापनिज महिला प्रतिनिधि माइक्रोसान पनि एक वर्ष अगाडि नै जापान गइसकेकी छिन् ।
यि ४ जना प्रतिनिधिले नेपालमा २००५ देखि नै उपचार र धर्मको नाममा बिना विल ५०औं करोडको कारोबार गरी सरकारी राजस्व ठगी गरेको रहस्य खुलेको छ । त्यस संस्थामा पहिलो सदस्य बने वापत रु. ३००० दोस्रो पवित्र पेण्डेन्ट माला को रु. ६००० र तेस्रो पेण्डेन्ट बापत रु. ९००० लिने गरेका छन् । यी मालाहरू जपानबाट आयत गरिन्छ । यी माला धारण गर्ने सदस्यहरूको संख्या नेपालमा २०औं हजार रहेको बताइन्छ । पवित्र ग्रन्थ भनेर प्रति किताव ५० देखि ४०० सम्मका ६ वटा गोशिन्चौ हरेक सदस्यलाई बिक्रि गरिन्छ । यो धन्दामा लाखौ पुस्तक विक्रि हुन्छ ।
बीचबीचमा आत्माले नेतृत्व स्वरूपले अनुशरणको किताव भाग १ र २ प्रकाशित गरी २०औं हजार बिक्रि गरिएको छ । त्यसै गरी विभिन्न बहानामा कोटमा टाँस्ने तक्मा २०औं हजार बिक्रि गरिएको छ । प्रति नोटबुकको रु. १०० र गोशान्का किताबको रु. १०० लिएर बिसांै हजार बिक्रि गरिएको देखिन्छ । त्यसैगरी प्रत्येक सदस्यले लगाउने भनेर विभिन्न व्याजका गञ्जिहरू बिक्रि गरिनुका साथै पेन्डन्ट बकस माला राख्ने भनेर ३००० असुल्ने गरिएको छ । प्रत्येक वर्ष पिकनिक भनेर प्रति व्यक्ति बिना कुनै बिल ७०० देखि १००० उठाएर २००० जनासम्म लाने गरिएको छ ।
हरेक वर्षको वार्षिक कार्यक्रम भनेर वर्षको ३ वटा कार्यक्रम गर्ने गरिएको छ । त्यो पनि प्रज्ञाभवन, राष्ट्रिय सभागृह र सिहदरवार अगाडिको पार्टी प्यालस बुक गरी ३ देखि ४ हजार सदस्य भक्तहरूको उपस्थितिमा भोजभतेर सहित मनोरञ्जन कार्यक्रम गर्ने गरिन्छ । २०७९ को गोदावरी सेमिनार हलमा ३ हजार सदस्य उपस्थित कायक्रम भनेर प्रति सदस्य खाना खर्च भनेर ३००० का दरले ९० लाख रूपैयाँ खर्च उठाइएको थियो ।
सोही हलमा युफेस भन्ने कार्यक्रममा पनि २५ सय सदस्यको उपस्थिति रहेको थियो । मुख्य सेन्टरमा भक्तहरूबाट प्रत्येक २५ वटा शाखा सेन्टरहरूमा दैनिक भेटी बाकसमा २० देखि ३० जनाको उपस्थितिमा प्रतिव्यक्ति २० देखि १०० रूपैयाँसम्मको भेटी जम्मा हुने गरेको छ । हरेक महिना पहिलो तारिखमा मासिक कार्यक्रम भनेर प्रत्येक १ शाखमा १५० देखि २५० जना सम्मको उपस्थिति हुने गरेको छ । सो कार्यक्रममा पनि प्रतिव्यक्ति ३०० देखि १००० सम्म जम्मा हुने गर्दछ । त्यो सबै रकम केन्द्रमा बुझाउनु पर्ने तर त्यसको कुनै बिल भरपाई र रेकर्ड नहुने सहभागीहरू बताउँछन् ।
प्रत्येक शाखा कार्यालयहरूमा जापानी मेनेजर र नेपाली मेनेजरको उपस्थितिमा जोरेई उपचार वापत उठेको र चढाएको रकम पनि केन्द्रमा जम्मा हुने गरेको छ । हरेक वर्ष ५ देखि ७ करोड रूपैयाँ आम्दानी हुने गरेकोमा आधा रकम बिल भौचर मिलाएर हजम गर्ने र आधा रकमको मात्रै राजश्व तिर्ने गरिएको छ । अर्कोतिर कृषि सहकारीको नाममा हजारौ व्यक्तिबाट पैसा उठाएर बिना बिल ७०, ८० लाख रूपैयाँ ठगी गरिएको गुनासो पीडितहरूले गरेका छन् । कृषि सहकारी अलपत्र पारी जग्गावालाले जग्गा दिएन भन्दै कृषि खेती बन्द गरिएको छ ।
जापानमा भवन निर्माणको लागि भनेर २०१५ र २०१६ मा नेपाली सदस्य भक्तहरूबाट प्रति व्यक्ति ५००० देखि १०००० सम्म हजारौंं व्यक्तिबाट उठाएर हुण्डीको माध्यमबाट जापान पठाई करोडौ रूपैयाँ ठगिएको छ । फेरि सहकारी सञ्चालन गर्ने भनेर हजारौं सदस्यबाट प्रतिव्यक्ति दश हजारदेखि १ लाखसम्म उठाएर ओम बहादुर क्षेत्रीको निर्देशनमा सहकारी चल्ने गरेको छ । उनीहरूको ठगी र काला कर्तुतको श्रृङ्खला यितमा मात्रै सीमित छैन ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल