Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निर्यात वृद्धि गर्न सरकारले आवश्यक नीति बनाउने उपप्रधानमन्त्री श्रेष्ठको दावी

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमै उत्पादन भएका वस्तुको निर्यात बढाउन सके मात्र व्यापार घाटा कम हुने जनाएका छन् । यसका लागि सरकारले आवश्यक नीति–नियम बनाउने उनले दावी गरे ।
बिहीबार काठमाडौंमा आयोजित नेपाल–इटाली चेम्बर अफ कमर्स एन्ड इन्ड्रष्टीको नवौँ वार्षिक साधारणसभामा उनले यस्तो जनाएका हुन् ।
“नेपालमा सम्भावना नै सम्भावना छ । अहिले पनि बढी मूल्य आउने सामान नेपालले युरोपमा निर्यात गर्ने गरेको छ । अझै बढाउनुपर्छ,” उनले भने, “आर्थिक समृद्धिमा नै अहिलेको सरकार लागेको छ । आर्थिक विकासबिना अरू कल्पना गर्न सकिँदैन ।”