Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । मौद्रिक नीति सार्वजनिकको पूर्वसन्ध्यामा सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
सेयरबजारसँग सम्बन्धित मौद्रिक नीतिका केही सुचनाहरु चुहिएपछि लगानीकर्तामा मौद्रिक नीति कस्तो आउला भन्ने अन्यौल देखिएको छ ।
जसका कारण नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आजको बजार २७।२६ अंकले घटेर २०१७।४६ विन्दुमा झरेको छ ।
कारोबारमा आएका सबै समुहमा गिरावट आएको छ । सबैभन्दा बढी गिरावट उत्पादन तथा प्रशोधन र जीवन बिमा समूहतर्फ आएको छ ।
आज १ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । बजार पुँजीकरण २८ खर्ब ८० अर्ब कायम भएको छ ।


सम्बन्धित समाचार