Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नो नट अगेनको प्रचार स्वयं निर्वाचन आयोगले गरेको छ । राजनीतिक दलको नेतृत्वमाथि यस प्रकारको टिप्पणी नौलो होइन । जब नो नट अगेनमाथि निर्वाचन आयोगले प्रतिबन्ध लगाउने घोषणा ग¥यो भित्रभित्रै यो भुसको आगो जस्तै फैलिएको छ । जहाँसम्म यो अभियान एकथरिले भन्नेगरेको राजावादीले चलाएका छन् भन्ने कुराको कुनै तुक छैन । कुनै समय माओवादी हिंसाका सारथी पुष्पकमल दाहालले सैन्य जनरल कुमार फुदुङ, नेपाल प्रहरीका पूर्व आईजीपी रविन्द्रप्रताप शाह र पूर्व अञ्चलाधिश सूर्यबहादुर सेन ओलीलाई माओवादीको तर्फबाट सांसद बनाएर माओवादी हिंसामा सेना, प्रहरीको गुप्तचर विभागबाट पठाइएकाहरूलाई संरक्षित गरेका थिए । यसकारण यो अभियान राजावादीले चलाएको देख्ने माओवादीहरूले कुमार फुदुङ, रविन्द्रप्रताप शाह र क. सूर्यबहादुर सेन ओलीहरूको प्रशिक्षण राम्रोसँग नपुगेको देखिन्छ ।
झापाको एउटा कार्यक्रममा पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले राजेन्द्र लिङदेनप्रति लक्षित गर्दै राजावादीहरूलाई मत नहाल्न आह्वान गरे । तर, उनकै पार्टीका केन्द्रीय सदस्य २०३६ सालमा बीपी कोइराला भारतबाट कथित राष्ट्रिय मेलमिलापको नारा दिएर भारतबाट फर्कंदा बीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्ने सूर्यबहादुर थापा पुत्र सुनिल थापालाई चारतारे झण्डा र रुख चिन्ह दिएर राजावादीलाई मत नहाल्न सिटौलाले गरेको उर्दीलाई जनताले कसरी लिने ? त्यतिमात्रै होइन, पञ्चायतकालका भूमिगत गिरोहद्वारा सञ्चालित कुख्यात र बदनाम मण्डले कमल थापालाई सूर्य चिन्ह दिएर नेकपा एमालेले आफ्नो उम्मेदवार बनाएको छ । यसलाई कसरी लिने ? यसकारण राजावादी र प्रतिगामी शब्दहरू नीति, एजेन्डा केही पनि नभएका आबाराहरूले प्रयोग गर्ने हतियार भएको छ । यो भन्दा बढी तथाकथित नागरिक समाज र कथित पत्रकार र भुइफुट्टा बुद्धिजीवीहरू राजावादी खतराको स्याल हुइयाँ मच्चाउन पछि पर्दैनन् ।
यो कुरामा कुनै विमती छैन, नन्दप्रसाद अधिकारीको लास जलाउन नसक्ने पुष्पकमल दाहाल, केपी ओली, शेरबहादुर देउवा, सुशील कोइराला, माधव नेपाल या कसैले पनि नेपालमा गणतन्त्र ल्याएको होइन । टिचिङ अस्पतालमा विगत ९ वर्पदेखि नन्दप्रसाद अधिकारीको लास अहिले पनि बाकसमा प्याक गरेर राखिएको छ । सुशील कोइरालादेखि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासम्म काँग्रेस, एमाले र माओवादीहरू पालैपालो सत्ताको केन्द्रीकृत नेतृत्वमा पुगेका छन् । तर उनीहरूले अधिकारीको लास जलाउन सकेका छैनन् । यहाँसम्मकी पुष्पकमल दाहालकै ब्याकिङमा करिब करिब नेकपाको ओली नेतृत्वको दुई तिहाई बहुमतको सरकार थियो । त्यो सरकारले पनि नन्दप्रसाद अधिकारीको लास जलाउन सकेन किन ? आफैंमा प्रश्नचिन्ह खडा भएको छ ।
नेपालमा गणतन्त्र नेपाली सेनाले ल्याएको हो । किनभने शुरुमा सेनाले राजालाई राजनीतिक दललाई बाइपास गरेर जान सकिने र राज्यसत्ता चलाउन सकिने सुझाव र निर्देशन दियो । तीन वर्षभित्र संसदीय निर्वाचन गर्ने बाचाका साथ राजाले २०६१ माघ १९ को कदम चालेका थिए । जब भारत र पश्चिमाको सहयोगमा दल र माओवादीलाई गठबन्धन गराई ०६२÷०६३ को आन्दोलन शुरु भयो, आन्दोलन नर्चकँदासम्म गृहमन्त्री कमल थापा र प्रधानसेनापति प्यारजङ थापाले सबै नियन्त्रणमा छ भन्दै राजालाई गुमराहमा राखिराखे । जब आन्दोलन चरम अवस्थामा पुग्यो त्यतिबेला प्रधानसेनापति प्यारजङ थापाले तत्कालिन भारतीय राजदूत श्यामशरणलाई भेटिसकेपछि ‘महाराज अब सेनाले सक्दैन’ भन्ने जवाफ दिए । यो अवस्थामा राजासँग सबै कुरा छाड्नुको अर्को विकल्प थिएन । ततपश्चात् भारत र अमेरिकी मोडलमा बेबिकिङ र साँस्कृतिक राजाको बार्गेनिङ सेना, रअ र सिआइएले राजासँग गरिरह्यो । सिआइए योजनाअनुसार, रुकमाङगद कटवालले अगाडि सारेको बेबिकिङ र भारतीय गुप्तचर संस्था रअको योजनाअनुसार, बाबुराम भट्टराईमार्फत् अगाडि सारिएको साँस्कृतिक राजा तमाम कमी कमजोरीका बाबजुद पूर्व राजा ज्ञानेन्द्रले अस्वीकार गरे । यसरी गणतन्त्र, संघीयता र धर्म निरपेक्षता भारत–अमेरिकी योजनामा नेपाली सेनाले ल्याएको हो । बेलाबेलामा भित्री र बाहिरी रूपमा सेनासँगै जोडिएका पत्रकार, कथित नागरिक समाजमा अगुवा भन्नेहरू पार्टी संगठनभित्र रहेका आवारा कार्यकर्ताहरू राजावादी प्रपोगण्डाको स्याल हुइयाँ गर्दैछन् । नो नट अगेन पनि यसै किसिमको प्रपोगण्डा हो । राजनीतिमा के हुन्छ भने कतिपय पात्रहरू र दलालहरू पुराना भइसकेपछि नयाँ दलालहरूको खोजी हुन्छ । हो, अहिलेको यो प्रपोगण्डा पनि नयाँ दलालहरूको खोजीमा हुनसक्छ । किनभने ०५८ जेठ १९ को दरबार हत्याकाण्ड पनि भारत र अमेरिकी रणनीतिमा दुईवटा सैन्य गणभित्र भएको थियो । त्यसकै जगमा एकछिनलाई उत्तराधिकारीको रूपमा पूर्व राजा ज्ञानेन्द्रलाई उभ्याइए पनि त्यसलाई स्थायित्व दिन होइन कि नेपाललाई केन्द्र बनाएर सेनाको आडमा चीन विरोधी केन्द्र निर्माण गर्ने उद्देश्य अनुरूप गणतन्त्र नेपाली सेनाकै आड भरोसामा ल्याइएको थियो । अहिले जति पनि सडकमा राजाका नाममा उत्रिएका छन् ती राजाका अभियानका पात्रहरू होइनन् ।
ती त नेपाली सेना, आरएसएस, रअ र सिआइएको संयुक्त मिसनमा राजतन्त्रको एजेन्डा जनताको बीचमा स्थापित नहोस् र यदि स्थापित भइहाल्यो भने पनि आफ्ना एजेन्टहरूको घेराभन्दा बाहिर नजाओस् भन्ने उद्देश्यद्वारा चलाइएका फेक प्रपोगण्डाहरू हुन् । जहाँसम्म मण्डले तन्त्रको कुरा छ, कुमार फुदुङ र सूर्यबहादुर सेन ओलीलाई कमरेड बनाएका माओवादीहरू नै मण्डले हुन् । यसैगरी कमल थापालाई कमरेड बनाएका एमाले र सुनिल थापालाई काँग्रेस बनाएका प्रजातन्त्रवादीहरू नै वर्तमान युगका नव मण्डलेहरू हुन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल