Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णायक बैठक सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा सुरु भएको छ । सरकारमा रहिरहने कि बाहिरिने भन्नेबारे निर्णय लिन पार्टी कार्यालय बसुन्धरामा बैठक सुरु भएको हो ।
आफ्नो माग पुरा गर्न भन्दै पार्टीले सरकारलाई दिएको दुई दिनको समय सकिसकेपनि रास्वपा हालसम्म अनिर्णीत रहेको छ । यसअघि शनिबार बसेको निर्णायक भनिएको बैठक निष्कर्षबिहीन भन्दै आजका लागि तय भएको थियो। रास्वपाले गृह मन्त्रालयमा आफ्नो अडान लिँदै आएको छ भने त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार भएका छैनन् ।
शनिबारै गृहबाहेकको अरु कुनै मन्त्रालय लिन सत्ता साझेदार दलका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले रास्वपालाई प्रस्ताव गरेका थिए । तर, यसबारे रास्वपाले कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

रास्वपाका नेताहरुले माग पूरा नभएकाले सरकारबाट बाहिरिने मत बलियो बन्दै गएकाले जे पनि निर्णय हुनसक्ने प्रतिक्रिया दिएका छन् ।