Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । जसले माफिया र दलालहरूलाई तह लगाउन प्रयास गर्छ उसैलाई पदवाट घोक्र्याने जनवाद माओवादीमा लागू हुने अवस्था छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्प कमल दाहलको पद जोगाउन त्याग गर्न सक्ने जनयूद्धका लडाकु त्यहाँ छन् । यो सरकारका मन्त्री मध्ये लोकपृय माओवादीका नारायणकाजी श्रेष्ठ, अमनलाल मोदी, सुदन किराँती र रेखा शर्मा, काँग्रेसका मोहन वस्नेत रहेका छन् । मन्त्री परिष्दमा हामी ठूलो पार्टी भनेर गर्व गर्ने काँग्रेसका मन्त्री बस्नेतले झैं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले काम गर्न सकेका छैनन् । काँग्रेसलाई काम गर्ने होइन गुटको भाग पुर्याउनु छ । विपक्षी जनसरोकारमा चासो दिदैन् ।
कालो बजारले जनता पिडित छन् । महँगीको पारो राष्ट्रिपति, मन्त्री, प्रधानमन्त्री, साँसद सबैको भान्सामा पुगेको छ । तर बजारमा विचौलिया हावी हुने कालो बजार चम्कने अवस्था कतै घटेको छैन् । सांसदको प्रमुख प्रतिपक्षले कालो बजार र वेथितिको अन्तका बारेमा बोल्दैन् । किनकी ४१ महिने कम्युनिष्ट शासनको दुहाई दिदा नेकपा एमालेका अध्यक्ष केपी ओलीले कालो बजार र विचौलियाकै काम वढी गरे । आफूले भ्रष्टाचारमा गोदवा प्राप्त गर्ने हैसीयत बनाए । जनतालाई लोप्पा दिदै भ्रष्टलाई स्यावासी दिएकै हुन् । ओलीवाट ठूलो आश छैन् । उनको शासनमा पनि कालो बजार त्यस्तै थियो । संसदमा प्रमुख प्रतिपक्षले चासो नदिएको कालो वजारमा राज्य दर्शक हुन्छ । काँग्रेसलाई कालो बजार र भ्रष्टाचारको नायक भने हुन्छ । काँग्रेसका नायक अर्थमन्त्रीका बजेट बाँडफाँडले उनको अर्थशास्त्र पंगु भयो । काँग्रेस कै साँसदले रुचाएनन् । त्यस्ताले पद पाउने काम गरिरहेका माफिया विरुद्ध लाग्ने सुदन किराँती, अमनलाल मोदीलाई हटाएर प्रधानमन्त्री पर्यटन मन्त्रालयको नेतृत्वमा जनमत पार्टी खुसी पार्ने अवस्था किन आउँछ ? जनमतले पर्यटन, उद्योग कृषि नै किन भन्छ उर्जा र सिचाई लिए हुन्न ?
सिचाँई तथा उर्जा मन्त्रालय लिन्छु भन्न जनमत पार्टी किन सक्दैन् । कृषि र उद्योग नै किन चाहिन्छ ? उद्योगमा काँग्रेस कृषिमा समाजवादी छन् । डा. वेदूराम भुषालले काम गर्न सकेका छैनन भन्ने कुरा उनकै पार्टीले सोच्ने कुरा हो । १० सिटे समाजवादी, १२ सिटे जसपाले २ मन्त्री १÷१ राज्यमन्त्री लिएकै छन काँग्रेसले उर्जामा आएर उद्योग छोडे भयो । जसको काम देखिदैन त्यसैलाई हटाउने कि काम गर्नेलाई बलिको बोका वनाउने हो ? माओवादी भनेको त्यही हो ? जुन पार्टी अहिले शोकमा छ । काम के थालेका थिए मोदी र किराँतीको पद धरापमा परेको छ । किराँती आफ्नै वारेमा कसले के लेख्यो भन्ने भन्दा पनि वायुसेवा निगमका भ्रष्ट युवराज अधिकारीको लुटमा दर्शक छन् । काम गरेको देखिन्छ । पशुपतिको जलारीमा एमाले अध्यक्षको नाम लेखाउने सत्ताभोग छर्लङ छ । तर पनि लाज छैन रघुजी र योगेश लाई ! माधव नेपालका प्रेम आले जस्ता धमिराले चासो नदिएको पशुपतिको जमीन भूमाफियालाई सुम्पने योजना अहिले बनाएकै छन् । जहाँ सुदन किराँती फस्दैछन् । उनलाई २५ करोडका महानिर्देशकले हटाउन खोजेकै छन् ।
उड्यानको क्षेत्रमा हवाई प्राधिकरणले काम गरेकै छैन् । सरकारको वायुसेवा निगमलाई सताउने यति र हिमालयन एयरलाई भने पैसा खाएर हवाई रुट स्वीकृत दिने प्रतिस्पर्धा महानिर्देशक प्रदिप अधिकारीको छ । यस्तालाई चासो नदिने प्रधानमन्त्री पुष्प कमल दाहाल समेत विवादमा छन् । उनले जनमतलाई पहिले उर्जा मन्त्रालय ल्याउनु पथ्र्यो । जनमत पार्टीले पनि सिचाँई र उर्जाको क्षेत्रमा काम गर्ने आँट गर्नु पथ्र्यो । काम गर्न खानेपानी मन्त्री वाकी थियो । किसानसँग जोडिएको कृषि र जनतासँग जोडिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नै दावी गर्न किन पर्यो ? जवकी काम गर्नेलाई थुप्रै आधार भएका मन्त्रालयहरू मध्ये खानेपानी र जलश्रोत तथा सिचाइ हुन् । जनमतको हौवा नाच्न जान्दैन आँगन टेढो जस्तो भयो । अघिल्लो सरकारले चुनावको मुखमा देशको विद्युत उपभोग बढाउन हरेक घरमा इन्डक्सन चुलो स्थानीय तह मार्फत दिने भन्यो । तर कार्यान्वयनमा आएको छैन् । प्रम प्रचण्डका विस्वास प्राप्त शक्ति बस्नेत आफै भ्रष्ट छन् । बनमन्त्री बन्दा यीनले प्रभाव पार्न सकेनन् । भ्रष्टाचारमा दखल यी शक्ति नामका शक्ति प्रचण्डका भक्ति मात्र हुन् । यस्तालाई हटाए हुन्छ । पम्फा भूषाल उर्जामन्त्री भएका बेला त्यही मन्त्रालय कति चर्चामा थियो । उर्जा उत्पादन भएको छ । ५ सय मेघावाट विद्युत खेर गएको छ । सरकार नीजी लगानी कर्ताको रक्षक वन्नु पर्छ । सरकार ट्रान्समिसन लाईन निर्माण गर्न वन मन्त्रालयको स्वीकृत लिन सक्दैन किन ? सरकारको अधिनमा वनमन्त्री छैनन कि सरकारको रुची विद्युत खेर जावस भन्ने हो ? किन सरकारमा काम गर्ने नै तारो बन्छन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल