Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देललाई नियुक्त गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पदमा नियुक्ति गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देललाई प्रधानसेनापति पदमा नियुक्त गरेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई भदौ २४ गतेबाट लागू हुनेगरी प्रधानसेनापति पदमा नियुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ । यसअघि राष्ट्रपति पौडेलले साउन २५ गतेबाटै उनलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने अख्तियारी दिएका थिए । सिग्देललाई सोही दिन प्रधानसेनापति प्रभुराम शर्माले जङ्गी अड्डामा आयोजित एक समारोहकाबिच प्रधान सेनापतिको कार्यभार बरबुझारथ गरेका थिए । नेपाली सेनाको सहायक सेनानी दर्जामा प्रवेश गरी करिब ४१ वर्षसम्म अनवरत रूपमा सेवा गरेका शर्मा भदौ २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अनिवार्य अवकाश प्राप्त गर्दैछन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल