Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रम दाबी गर्दै शितल निवासमा ओली र देउवा मुखामुख

काठमाण्डौ । विपक्षी गठबन्धनबाट १४९ सांसदको हास्तक्षर बोकेर शितल निवास पुगेका शेर बहादुर देउवालाई राष्ट्रपति विद्या देवि भण्डारीले कुराएर प्रम केपि ओलीको बाटो कुर्दा एमालेका १२१ जना सांसद आफूसँग रहेको भनि जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओली पनि शीतलनिवास देखिए ।

जबकी विपक्षी गठबन्धनलाई १४९ संख्या पुग्न एमाले माधव पक्षको हस्ताक्षर जरुरी हुन्छ । अबको द्वन्दमा प्रम ओलीले आफू विरुद्ध लागेका एमाले सांसदहरुको पद खारेज गरेर सभामूखलाई जानकारी गराउनु पर्दछ । त्यो भनेको सहज रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता त्याग्न चाहेका छैनन् भन्ने हो । प्रम ओलीको आफू विरुद्ध लागेका सांसदहरुको पद खारेज गर्न संसद सचिवालय तयार भयो भने पनि ओलीको भन्दा विपक्षी गठबन्धनको मत धेरै हुनेछ । जसपा नेपालका महन्त पक्षले गएराति नै आफ्नो पक्षमा साथ दिएको बताउदै ओलीले बहुमत सांसद रहेको दावीसहित हस्ताक्षर राष्ट्रपति समक्ष प्रस्तुत गरिसकेका थिए । विपक्षी दलका नेताहरु १४९ सांसदको हस्ताक्षर आफ्नो पक्षमा रहेको दावीसहित शीतल निवास पुगेकै बेला ओली पनि पुगेका हुन् ।

अब राष्ट्रपतिले कसलाई मान्यता दिनेछिन् भन्नेमा सर्वत्र चासो छ । यहाँ संविधान र कानूनको पालना नगर्ने अहंकार र मनपरि चर्काउने परिस्थिति सिर्जना भएको छ । यसको छिनोफानो गर्ने ठाँउ भनेको राष्ट्रपति हो । तर राष्ट्रपति प्रम ओलीलाई जोगाउन लाग्ने अवस्था बन्दैछ ।