Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । मौका पाएको बेला ढलेको सिन्को नभाँच्ने, अवसरबाट फुत्केपछि राष्ट्रवाद र देशभक्तिको भजन गाउनेले संसदमा मिटर व्याजविरुद्ध विधेयक पास गर्ने दिनमा संसद रोकेर देखाएको रमितामा रास्वपा र राप्रपा साक्षी बसे । मृत्यु शैयाको राजसंस्था फिर्ता गर्ने राप्रपा र अमेरिकी पिट्ठू रास्वपाका रवि लामिछानेको भ्रष्टाचार विरुद्धको ऐलानको अर्थ छैन् । किनकी समाजले तीनलाई ओम्नी र हुकामका नायक केपी शर्माको जादूगरी शैलीको सहयोगी भन्छ ।
उनीहरुले विद्यालय खोल्ने, अस्पताल सञ्चालन गर्ने होइन् । किनकी मेडिकल माफीया र शिक्षा माफीया एमालेका धेरै छन् । मानव अधिकार र शुसासनका नाममा डलर झार्ने र देशको सूचना बेच्ने एमाले कै छन् । संयोगवश ती सबैमा केपी ओलीका दाश रहेका छन् । दाशहरुले संसदमा उफ्रिने भ्रष्टाचारीकै संरक्षण गर्नु हो । गोकर्ण रिसोर्टलाई २७९३ रोपनी जमिन कौडीको भाउमा ३० वर्षका लागि लिजमा दिँदा प्रतिस्पर्धा गरियो कि सोझै सुम्पियो ? संसदमा दाशहरुले बोल्नु पर्दैन ? पूर्व राजा ज्ञानेन्द्रले आँट नगरेको झापाको गिरी बन्धु टि स्टेटको काम तत्कालिन भूमि व्यवस्था मन्त्री पदमा अर्यालले आँट गर्दा उनको पछाडि आफ्नै सम्पत्ति आफै सञ्चालनमा रहेको ओली ट्रष्टका बा खडा थिए । जसको उपचार गर्ने खर्च छैन रवि र राजेन्द्रले जुटाउनु पर्ने दिन आउने छ । आफैलाई संकट पर्दा संसद अवरोध गराउने त्यो ज्यानले राज्यश्रोतबाट रु १७ करोड ३६ लाख उपचार खर्च लिँदा वालकोटको जुुम्ल्याहा हबेली कार्पेटले छोपेर सुकुम्वासी बनेको थियो ? के पायो त राज्यले केपीलाई उपचार खर्च दिएर बचाएको फल त्यही संसद अवरोध, नीतिगत लुट, सहयात्रीलाई अपमान गर्ने बाहेक ? यो देशको सर्वश्रेष्ठ सर्वज्ञानी केपी ओलीबाहेक अरु छैन ? उनकै दलाली गरेर छाक टार्नु पर्ने एमालेमा कति छन् ? धनूषाको जमिन्दार डा. रामवरण यादवले राष्ट्रपति बनेर काँग्रेसको सेवक भए झैं विद्या भण्डारीले केपीले जे लगे जे पठाए त्यसको कानूनी पक्ष नहेरी नेपालका कम्युनिष्टलाई छिन्न भिन्न पार्दा जनताको बहुदलीय जनवादका प्रणेतास्व मदन भण्डारी हत्या प्रकरणमा चासो दिइनन् । डा. रामवरणको भात भान्सा चलेन भनेर तत्कालिन सरकारले चुनावको मुखमा ३५ लाख दिएकै हो । ललिता निवास, जलहारी काण्ड, नक्कली भुटानी शरणार्थी, सेक्युरिटी प्रेसको ७० करोड, ओम्नि जस्ता काण्ड छानविन गर्न नपाईने कानून संसदमा विपक्षी दलले किन ल्याएन ? ल्याउने आँट गर्नु पर्यो ।
जनताले उपचार नपाउने, दूर्गममा सिटामोल नपुग्ने तर राजधानीको वीर अस्पताल, शिक्षण अस्पताल, निजामति अस्पतालमा देश लुट्ने लुटेरालाई निःशुल्क उपचार गरी ज्यान बचाई दिनुपर्ने ऐन किन तयार नगर्ने ? लाज छैन जनता अगाडि हामी मालिक भन्नेहरुबाट देशले के पायो ? कानून यस्ता लुटाहा नेता र मन्त्रीको पक्षमा बन्नु हुन्न भन्ने प्रगतिशिल सांसद पनि छैनन् । स्वार्थका लागि संसद अवरोध गरेर नयाँ नाटक मञ्न्चन गर्नेले हामी भ्रष्टाचार विरुद्ध एक छौं सरकारले फाईल खोल हामी साथ दिन्छौं किन भन्न सक्दैनन् ? अखिर पशुपतिको जलहारी काण्डमा ९० लाख चन्दा दिएका मिनबहादुर गुरुङको जेल बसाई रोक्ने आँट पैसा खानेले किन गरेनन ?
गुरुङलाई प्रचण्डको लगानी कर्ता भनिएकै हो । समाजवादीका किसान श्रेष्ठ प्रहरीका पूर्व आईजीपी सर्वेन्द्रको लगानीकर्ता भनिएकै छ । एमाले र काँग्रेससँग जोडिएका यस्ता लगानीकर्ता कति छन् । देश खाने यस्ता ध्वाँसेहरु माथिको छानविनमा सरकार डराउनै पर्दैन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल