Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीलाई एकताबद्ध गराउन अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डले पहल गर्नुपर्ने बताएका छन् । उनले त्यो कुरा पार्टी विभाजनको रेखा कारिदा देखि बताएका हुन् । तर उनैलाई प्रचण्डप्रति विश्वास नभएर श्रीमती तुलसा थापालाई ओली पक्षको भेलामा पठाएको कार्यकर्ताले थाहा पाउदा कुनै विस्मात भएन । जता मल्कू उतै ढल्कू चरित्रका बामदेवको एकता अभियान अब थला परेको छ । उनले दिएको सुझाव प्रम केपि ओलीले स्विकार्थे भने यो स्थति आउने थिएन । प्रम ओलीलाई आफू संविधान र कानून मात्र होइन पार्टीको समेत सर्वेसर्वा भएको अहंकार थियो । वरिष्ट नेता गौतमले भनेका छन् ।
संसद विघटनविरुद्ध प्रचण्डले चालेको कदम सही सावित भएको छ । पार्टी एकीकरणको सबैभन्दा बढी पहल पनि प्रचण्डले नै गर्नुपर्ने छ । किनकी गौतमका दृष्टिमा ओलीका अपराध केही होइनन् । संसदीय सर्वाेचतालाई ओलीले त्याग्दा बामदेव काहाँ थिए । जसले एक कार्यकाल संसद बिना टिक्न सकेनन् । पदका निम्ति गौतमको चरित्रलाई कार्यकर्ताहरुले राम्रो मानेका थिएनन् ।
‘प्रचण्डले चाल्नुभएको कदम सही सावित भएको छ । केपी ओलीले चाल्नुभएको कदम गलत सावित भएको छ र त्यो असंवैधानिक छ भन्ने सर्वोच्चको फैसलाले देखायो । यस्तो अवस्थामा फेरि पुनः पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो गौतमले भने । उनी प्रम ओलीका दलाल भएको यो भनाइले पुष्टि गर्दछ । पार्टी विभाजन गर्ने अभियान चलाउने ओली हुन् । तर गौतम भने ओलीका अपराध देख्दैनन् । गौतमको हैसियत यही हो ।
प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले नेकपा फुटाएको बताउँदै गौतमले पार्टी एकताको सुरुवात ओलीलेसमेत गर्नुपर्ने त्यो बेला बताए जुन बेला सर्वाेच्च अदालतले ओलीको निर्णयलाई असंवैधानिक ठहर गरेको थियो । ओली र प्रचण्डले पहल नगरे आफूहरुले एकताका लागि दबाव दिने गौतमले बताए ।
‘एउटा हुँदाखाँदाको पार्टीलाई फुटाएर उहाँहरु हिँड्नु भएको छ । हामी पार्टी एकता राष्ट्रिय अभियानमा सामेल भएकाहरुले एकता गर्नको निम्ति पहलकदमी गर्छौं र यो निरन्तर अगाडि बढ्छ,’ गौतमले भनेका छन्, ‘एकताको पक्षमा रहेका साथिहरु जति हुनुहुन्छ अब हामी एकताबद्ध हुन्छौं र नेतृत्वलाई हामीले एकतामा आउनको निम्ति एकताबद्ध हुनको निम्ति एउटा ठूलो दबाव सिर्जना गर्छौं ।’ तर यो दबाब प्रकिृया थालनी कहिले हुन्छ बामदेब बताउदैनन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरेकी थिइन् । त्यसलगत्तै नेकपा दुई खेमामा विभाजित भएको छ । एउटा खेमाको नेतृत्व केपी शर्मा ओलीले र अर्को खेमाको नेतृत्व प्रचण्ड–माधव नेपालले गरेका छन् ।
संसद विघटन गर्ने ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिसकेकाले अब ओलीले पार्टीमा आत्मालोचना गर्दै तुरुन्तै राजीनामा गर्नुपर्ने गौतमले बताएका छन् ।
‘प्रधानमन्त्री ओलीले चाल्नु भएको कदम असंवैधानिक भइसकेपछि आफूलाई सच्याउनको निम्ति राजीनामा तुरुन्तै गर्नुपर्छ । हिजै राजीनामा गर्नुपर्थ्यो,’ गौतमले भने, ‘मैले गल्ती गरेको थिएँ, म आफूलाई सच्याउन चाहन्छु त्यसैबापत मैले राजीनामा गरिसकेको छु र अब नयाँ किसिमले एकताबद्ध भएर अगाडि बढौं भनेर उहाँले भन्नुपर्छ । गौतमको यो सुझाव ओलीले मान्ने भए नेकपामा यो कलह बढ्ने थिएन ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल