Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मिड सोलु हाईड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्ने भएको छ । त्यसपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ७ करोड ४८ लाख ४० हजार रुपैयाँको दरले ७ लाख ४८ हजार ४०० कित्ता सेयर निष्कासन गर्ने भएको छ । जसमा कम्पनीले ५ लाख ६१ हजार ३०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ३,४,५,६, ७ र ११ का बासिन्दाका लागि निष्कासन गर्ने भएको छ ।
यस्तै १ लाख ८७ हजार १०० कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा अन्य स्थानीयका लागि निष्कासन गर्ने जनाएको छ । यस्तै ७४ हजार ८४० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन १४ गतेदेखि साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित स्थानीयले भने उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।
स्थानीयले एनआइसी एसिया बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल