Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित महामन्त्री डा। मुकुल ढकालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले लामिछानेमाथि सहकारी ठगि प्रकरणमा पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् । साथै ढकालले लामिछानेको दुई वटा पासपोर्टको विषयमा पनि पार्टीले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने बताएका छन् । ढकालले आफुलाई गरेको कारवाही नियम संगत नभएको भन्दै आफू अहिले पनि पार्टीको महामन्त्री रहेको दाबि गरेका छन् । उनले आफुले पार्टीभित्र आर्थिक पारदर्शीता नभएको भन्दै रास्वपाको आर्थिक पाटो उपसभापति डिपी अर्यालले हेर्ने गरेको बताए । उनले कतिपय प्रकरणमा उपसभापति अर्यालले पार्टीको नाममा आएको रकम व्यक्तिगत रुपमा चलाएको आरोप लगाएका छन् । आफुले आर्थिक पारदर्शिता गर्नुपर्ने कुरा उठाउँदा सभापति लामिछानेले आर्थिक कुराको चिन्ता नलिन भनेको बताए ।
उनले पार्टी सभापतिभन्दा माथि जनता भएकाले आफूले पार्टीका कुरा जनतामाझ राखेको तर्क गरे । पार्टी सभापतिका कुरा मैले जनतामाझ गएर गरेको हुँ । सभापतिभन्दा माथि जनता छन्, जनताले जे भने मैले त्यही गरेको हो, उनले भने, जीबी राई कहिले पक्राउ पर्छन् ? यो जनताको प्रश्न हो मेरो होइन । उनले रविमाथि पार्टीलाई क्लबमा परिणत गराएको आरोप लगाए । रविले पार्टीलाई क्लब जसरी चलाए। पार्टी रवि लामिछाने क्लबका रुपमा हाइज्याक भएको छ, उनले भने, रास्वपामा अनुशासन आयोगमाथि प्रतिवेदनमै प्रश्न उठाइएको छ । अनुशासन आयोगमाथि प्रश्न उठाइसकेको थिएँ मैले । त्यसैले उसको भूमिकामा शंका भएकाले मान्नुपर्ने अवस्था थिएन । उनले आफू रास्वपाको महामन्त्री र प्रवक्ताबाट निलम्बित नभएको बताए । म अहिले पनि राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ताबाट म निलम्बित भएको छैन, ढकालले भने, म केबल रविको क्लबबाट मात्रै निक्लिएको हो । म बलजफ्ती गरेर महामन्त्रीको कुर्सीमा बस्न जाँदिन । तर रवि लामिछानेका कारण पार्टी सकिने दिशातिर गयो, मेरो चिन्ता यति मात्रै हो ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल