Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
जनताको तत्कालिन अपेक्षा पार्टी र नेताबाट पूरा गर्ने जनपक्षीय धारणा वर्तमान सरकारले कार्यान्वयन गरेको छ । सरकारमा नजाँदासम्म जनताको सत्ता पाएपछि माफिया र दलालको सेवक बन्दै आएका धेरै नेता वर्तमान सरकार र मन्त्रीहरूका कामले डाहा प्रकट गर्दैछन् । कर्मचारी सरुवामा पैसा बोटलेर खल्ती भर्ने पिआरधारी कर्मचारीको दोहोलो काडेको देखाउने एमालेका लालबाबु पण्डितले निजामती कर्मचारीको देश परिवर्तन अनुसार चलाउन खोज्दा एमालेकै र्कचारीले असहयोग गरेका कारण थच्चिएका थिए ।
तर अहिले त्यही मोरङका अमनलाल मोदी सामान्य प्रशासन मन्त्रालयमा प्रवेश गरेपछि सधैं डन बनेर रजाइँ गर्नेहरू थन्केका छन् । स्थानीय सरकारका प्रमुख, उपपूमुखले कार्यकारी प्रमुख र प्रशासकीय अधिकृतलाई हाजीर हुन नदिने संस्कारको अन्त्य यिनै अमनलाल मोदीले गरेका छन् । भ्रष्टाचार गर्न आफूले भनेअनुसारको काम गराउँदा कानुनी झन्झटको ख्याल नगर्ने दलीय दम्ब भएका एमाले र काँग्रेसका ठेकेदार जनप्रतिनिधिलाई समेत मन्त्री मोदीले ठेगान लगाइदिएका छन् । स्थानीय तहमा संघीय सरकारले प्रशासकीय अधिकृत खटाउने कानुनी प्रावधानको ख्याल नगरी आफूलाई राजनीतिक रङ्ग जोडिएका कर्मचारीको खोजी गर्ने सरकारमाथि प्रहार गर्दा मन्त्रालयले त्यस्ता स्थानीय तहको खाता रोकेर तह लगाएको छ । संघीय मन्त्रालयमा कमाई हुने, ठूलो बजेट भएका र योजना धेरै भएका ठाउँ रोज्ने पौरखी राष्ट्र सेवकहरू समेत मन्त्रीको अडानले तह लागेका छन् । निजामती प्रशासनका सरुवा बढुवा सिफारिश र स्वीकृति गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस पटक भ्रष्टाचार र घुसखोरीमा शुन्य सहनशिलता अपनाएको छ । सो मन्त्रालयले स्थानीय तहमा मात्र होइन राजस्व, भन्सार, प्रशासन क्षेत्रमा समेत कर्मचारी सरुवा गर्छ । त्यस्ता ठाउँमा सरुवा भएर गएका राष्ट्रसेवकहरूलाई सचेत गराउने हक पनि संघीय मामिला तथा सामान्य प्रशासनकै हो । जनताका काम झुलाउने, दुःख दिने भ्रष्टहरूको दिन गएका छन् । मन्त्रालयको नेता मन्त्रीले चाहेमा संस्थागत सुधार हुन्छ भन्ने प्रमाण सामान्यका मोदी र पर्यटनका किराती हुन् । उता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जनस्तरमा बदनाम र आफ्नो व्यापार निजी क्षेत्रलाई दिलाएर कमिशन खाने वायुसेवा निगमको चिरफार गरेका छन् । ऋणै ऋणले थला परेको अवस्था सुधार्न पर्यटनमन्त्री किराँती खटेका छन् । वायुसेवाले यो अवधिमा ३ अर्ब ऋण तिरेको छ भने ४ अर्ब कमाएको छ । निगमलाई ध्वस्त बनाउने व्यवस्थापन हो । मन्त्रालयमा समेत हवाई माफियाको आउजाउ बढी हुने विगत अलिहे घटेको छ । पशुपति धर्मशाला बतास समूहलाई दिने, नेपाल ट्रष्टको सम्पत्ति थामसेर्कु र यति समूहलाई पोस्ने एमालेका योद्धाहरूको क्षमता त्यही बेला देखियो । केपी ओलीका व्यापारी पार्टनर स्व. आङछिरिङ शेर्पालाई काम दिन वायुसेवालाई निजीकरण गर्ने पौरखी प्रस्ताव ल्याउने योगेश भट्टराईहरू पनि सुदन किराँतीको कामले दंग छन् । ओली शासनभर निगमको कार्गो चार्टर वायुसेवासँग खोसेर हिमालयन एयरलाई दिलाउने काम भयो । प्रेम आले, जीवनराम श्रेष्ठहरू पनि पर्यटनमन्त्री भए तर सुदन किरातीले जस्तो निगमको सुधार गर्न सकेका थिएनन् । आलेले बतास समूहलाई खेदेर अोली शासनको लुट उदांगो बनाए । जीवनराम श्रेष्ठ निगम डुबाउन सघाउनेहरूकै मोहजालमा परेका थिए । सधैं जहाज किन्न ऋण लिने दलाल मार्फत् जहाज किनेर कमिशन खाने पौरखीहरू काँग्रेस र एमालेमा जहाँत्यही भेटिन्छन् । जहाज नल्याइकन भ्रष्टाचार गर्ने पौरखी धेरै थिए । वायुसेवा निगमलाई यो हालतमा पु¥याउने सुजाता कोइराला, दिनेश धमिजाहरू हुन् । सुजाताले निगमको जहाजको इञ्जिन अष्ट्रेलियामा बेचेर हजम गरेकी थिइन् । निगमलाई यो हालतमा पु¥याउने यति एयर, तारा एयर, हिमालन एयर नै हुन् । संयोगवश यहाँ एमालेका केपी ओली जोडिएका छन् । शेर्पाले राजनीतिक शक्तिकै आडमा निगमका ५ वटा टुइनअटर हजाज भाडामा लिए तर निगमलाई तिर्नु पर्ने भाडा तिरेरनन् । तारा एयरले निगमका ३ वटा जहाज ध्वस्त बनायो । २ वटा जहाज निगमकै उडाइरहेको छ । निगमको सम्पत्ति हजम गर्ने, चार्टर उडान हिमालयनलाई दिलाउने प्रवृत्तिका नायक नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी हुन् । भ्रष्टाचारमा पिएचडी गरेका प्रदीपले निगमलाई सताउनसम्म सताएका छन् । निजी क्षेत्रको विमान कम्पनीले एउटा जहाबाट ५ वर्षमा ९ वटा जहाज जोड्न सक्छ तर वायुसेवा निगम ध्वस्त बनाइन्छ । जहाँ पाइलटहरूले जहाजको टुलबक्स समेच बेचेर खाएको गौरवशाली इतिहास जो छ । धमिजा काण्डमा ३९ करोड ५५ लाखबाट शुरु गरिएको लुटमा विमान कम्पनी नभएको चेज एयरलाई ९ लाख डलर खुवाउने, चाइनासाउथ वेष्ट, लाउडा, वाइडवडी जस्ता काण्ड काँग्रेस र एमालेको भागवण्डामै भएका हुन् । निगम डुबाउन शुरुदेखि अन्तसम्म आउँदा निगमको विदेशी उडानमा हिमालयन एयर जोडिएको रेकर्ड मन्त्रीले खोतल्न सके भने निगम बच्न सक्छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल