Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । कमिशन मोहमा बालुवाटार डुब्दा भारतको सेरम कम्पनिले भुत्तानी लिई सकेको १० लाख डोज खोप नेपाललाई दिएन । प्रति खोप ४ डलरमा नेपालमा ल्याइदिने तयारी गर्दा उपप्रम इश्वर पोख्रेलको समूह हुकम कम्पनिको नाउमा विचौलिया बनेर आयो । त्यसको पहुच बालुवाटार देखि सिसीएमसीसम्म हुँदा ४ डलरको खोप ६.०५ डलर मूल्य बनाएर ३४ करोड ३७ लाख कमिशन खान खोज्दा मुलुकले १० लाख डोज खोप पाएन । यस कारण १४ लाख जेष्ठ नागरिकले दोस्रो डोज खोप पाएनन् । बालुवाटार सहभागी यस्ता नीतिगत भ्रष्टचार कति छन् ? ४ डलरको खोप ६.०५ मूल्य बनाएर राज्यकोषको दोहोन गर्नु नीतिगत भ्रष्टचार हो । कम्पनिले सरकारलाई दिने तयारीमा राख्दा जनताको जीवनमा खेलवाड गर्ने प्रधानमन्त्री ओलीका धुम्पुसहरु माथी कारबाही हुदैन ।
देशको व्यापारमा शुद्द दलाली र विचौलियाको धन्दा चलाउँदै आएका सुरज वैद्य उनको पत्नी रिता सिहं वैद्य, अविषेक दुगड, विजय दुगड, मोती दुगड र हुकम कम्पनिले १४ लाख जनताको भविष्यमाथि प्रहार गरेका छन् । एमालेको ओली पथ इतिहासमा कलंक बोक्न राजी छ । देश विकासको नाममा विचौलियाहरुको जगजगी बढाउन यो सरकारले सफलता हाँसील गर्याे । स्वास्थ्यमन्त्री समेत बलिया विचौलियाको अगाडि झुक्नपुगे ।
अहिले कम्युनिष्टको जात जनाउने काम भएको छ । हिजो कम्युनिष्ट देशभक्त राष्ट्रभक्त राष्ट्रवादी प्रगतिशील हुन्छन् । यीनको योजना सुधारात्मक हुन्छन् भन्ने आम धारणा थियो । तर ओली गुटको सत्ताले नीति तथा कार्यक्रम प्रगतिशील बजेट पूँजीवादमा आधारित प्रस्तुत गर्याे । काँग्रेसले कम्युनिष्ट पार्टीलाई निरंकुश हुन्छ भन्नुको कारण पनि यस्तै नीति नियम ऐन कानूनको धज्जी उडाएकोले हो । ओली शासन शुरु देखिने जनपक्षिय भएन । सामाजिक सुरक्षा भत्ता बढाएर कर्मचारीको तलब बढाएको भरमा वाइवाई कमाएर हुन्छ ? खोइ सुधारका कार्यक्रम रेलमा कमिशन आयो खरिद गरिल्याएर त्रिपालले छोपेर राखेको संसारले देखेको छ ।
एमाले ९ महिनाको अल्पमतको सरकारबाट लिएको इज्जत बहुमतको नेकपा गठन गरिरहेका बेला ३ पटक बजेट ल्याउदा समेत दर्शाइएन । यहाँ सत्ता अहंकारले काम गरेको छ । पार्टीको नीति र नियम तोडेर मनपरि गर्दाको फल धमाधम पाक्दै छ । कम्युनिष्ट पार्टीको बदनाम गर्दै सरकार चलाउनु ओलीको बाध्यता हो कि गुटबन्दीको भिडन्त शंका उब्जेको छ । पार्टीको बदनाम गर्ने स्वार्थगत चरित्रको रत्यौली कति नाँच्ने हो ।
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल