Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रछ्यानमा बसेर देश लुट्ने सहमति

आखिर देश लुट्ने सहमति नेकपाकै नेताबीच भएको छ त्यही कारण प्रधानमन्त्री केपी ओलीका आँखाले भ्रष्टाचारी देख्न छाडे । व्यभिचारी त झन् के देख्लान् उनले ? राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न नहुने, निजी कम्पनीले त्यही काम रु ८ अर्बमा गर्ने, टेलिकमले रु २६ अर्ब सक्ने । वा केपी ओली ब्राण्डले देखाएको स्वच्छता र पारदर्शीता ! माओवादी नाउको झुण्ड पनि लुट्नमै व्यस्त छ । त्यहाँ कति लुट्ने कति खाने भन्ने मतभेद हुँदा मोहन वैद्य हिँडे, नेत्रविक्रम बिच्किए । संविधान जारी गरेर युरोपेली युनियनले ठूला बुद्धिजीवी डा. बाबुरामलाई पनि भड्कायो । प्रचण्डलाई कुवाको भ्यागुतो बन्ने कि समुद्रको ह्वेल बन्ने छट्टपटी भयो । पार्टी एमाले नाउँको रछ्यानमा लगेर डुबाए । अहिले प्रचण्ड ब्राण्ड र केपी ब्राण्डको साझा एजेण्डा देश लुट्ने छ । रामबहादुर थापा बादलले मोहन वैद्यको विचार बोक्न रुचाएनन् । त्यहाँ पनि ढोगीहरूनै सर्वेसर्वा थिए । बादलले भिœयाएका अधिकांशले देश लुट्न पाएका छन् । नैतिकता आचरण गोलीमार भयो ।
सरकारले विदेशमा नेपाली युवा पठाएर प्राप्त हुने रेमिट्यान्सको फूर्ति लगाएको छ । खाडी मुलुक र मलेसियाबाट पुराना कामदारले रकम पठाए पनि नयाँ जान दिइएको छैन । सुनिदैछ श्रम तथा रोजगारको क्षेत्रमा नेपाली युवालाई देशमै ठग्ने व्यवस्था मिलाइँदैछ । जसले राम्रो गर्छ त्यसलाई सत्ता फाप्दैन । केपी ओलीले पार्टीको प्रतिष्ठा बचाउनु छैन, कार्यकर्ता र जनताको भावनाअनुरुप चल्नु परेको छैन । माओवादीले आमूल परिवर्तनको बन्दुक उठाउँदा १२ हजार युवा विदेशको रोजगारीमा थिए । अहिले ०७४÷०७५ सम्मको तथ्यांक हेर्दा ४ लाख ६५ हजार ५ सय १५ युवा वैदेशिक रोजगारीमा भएको दाबी कमल थापाको छ । मौका पाउँदा निरन्तर सत्तामा रमाएका कमल थापाले नेकपाको ओली ब्राण्डको आलचेना गर्ने हैसियत राख्दैनन् । उनले २०६२÷०६३ को आन्दोलन चल्दै गर्दा गृहमन्त्रीको हैसियतले नेपाल राष्ट्र बैंक लुट्न प्रहरी खटाएको इतिहास बिर्सेजस्तो छ । जसले ज्ञानेन्द्रलाई गुमराहमा राखेर यो धन्दा चलाएका थिए । यिनकै भाइ गणेश थापाले विश्व फुटबल संघले गोलप्रोजेक्टको लागि दिलाएको रु ६ करोड ३४ लाख भ्रटाचार गर्दा तत्कालिन अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीमार्फत् अख्तियारको उजुरी दबाएका थिए । ओली गुटको नीतिगत लुटको विरोध गर्न काँग्रेसले समेत पाउँदैन । जहँँ वाइडवडीको ३ अर्ब ६४ करोड ३५ लाख भ्रष्टाचार देउवा, प्रचण्ड, ओलीले भागशान्ति गरेकै हुन् । एनसेल कर प्रकरणमा रु १० अर्ब यिनै नेतालाई बुझाएको दाबी त्यसैले गरिरहेको छ । वर्तमान सत्ताका कुनै पनि मन्त्री शुद्ध र चोखो छैनन् । कृषिप्रधान देशमा असारमा कृषि मलको हाहाकार किन हुन्छ ? कुरो छर्लङ्ग छ, कृषि सामग्री कम्पनी मा दलालहरू छन्, कृषिमन्त्री चन्द्रदेव खनाल दलालकै चक्करमा छन् । यिनले चलाएको मन्त्रालयसँग जोडिएको किसानको साइनो अब विद्रोहमा परिणत हुन्छ । जसरी भूमिसुधारमन्त्री पदमा अर्याल गुठी विधेयकमा राम्रैसँग फसिन् । सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा राष्ट्रिय सञ्चार नीति र मिडिया काउन्सिल विधेयकमा फसेका छन् । राष्ट्रवादको ऐलान मच्चाउने रामबहादुर थापाले नेपालीलाई कमजोर बनाउँदै विदेशीलाई नेपाली नागरिकता दिलाएकै छन् । साम्राज्यवादको विरोध गर्ने, विस्तारवादको आलोचना गर्ने कम्युनिष्ट पार्टी सत्ता नपाएसम्म राष्ट्रवादी हु्न्छ, सत्ता पाएपछि घुस्याहा, राष्ट्रघाती र खुदखोर आफैं हुन्छ भन्ने देखियो ।
कम्युनिष्ट पार्टीको चरित्र भनेकै आफू लुट्ने कार्यकर्ता र जनतालाई धुत्ने रहेछ । पार्टी कार्यकर्ता र चन्दादाताबाट एमालेले बल्खु बनायो, माओवादीले पेरिसडाँडा । पार्टीको भवनका लागि धेरथोर योगदान यो लखेकको पनि थियो । त्यो बेला ३ लाख ५३ हजार कार्यकर्ताले गच्छेअनुसार सहयोग गरेकै हुन् । तर सत्तामा पुगेर प्रचण्डले पनि कार्यकर्ता र जनताको मर्म बुझेनन् । डा. बाबुरामलाई जनता चाहिएकै थिएन । टुप्पोबाट पलाएको बृक्षले जसरी जमिनको महत्व बुझ्दैन, त्यही श्रृङ्खला मान्छेमा पनि जान्छ । नेकपाका नेतामा अहिले देखिएको अहंकार त्यही हो । अहिलेको सरकार जनताबाट त आयो तर त्यो सरकारले जनताका शत्रुलाई नै च्याप्यो, कार्यकर्तामाथि प्रहार गर्न छाडेन । नेपालमा क्रिश्चियन फैलाउने कम्युनिष्टहरू हुन् । त्यही कारण राजधानीको नेवार समुदायका क्रिश्चियन ज्वाइँहरूले गुठीको सम्पत्ति कब्जा गर्न देशघाती विधेयक ल्याए । १० लाख क्रिश्चियन बनाउन सफल भएको नेतृत्वले यो देशको धर्म संस्कृतिको रक्षा गर्दैन । अब नेपालमा धर्म युद्धको खतरा छ । कमल थापा जस्ता महामण्डलेबाट हिन्दू सनातन धर्मको कुरा उठ्छ । जनताले यिनलाई पत्याउँदैनन् । स्वच्छ छविको देशभक्त राष्ट्रवादी चरित्र थियो भने गुठी विधेयकले केपी ओलीको कथित दुई तिहाईको धतुरो झाथ्र्यो, प्रचण्डको हविगत त्यहाँ देखिन्थ्यो ।
राष्ट्रको सम्पत्ति १३ करोड खर्चेर प्रधानमन्त्री केपी ओलीले होली वाइन पिउँदाको बदनामी कति सहेका छन् । तर नेकपाका लागि अब रगत बगाउने आन्दोलन गर्ने जनमत घट्दो छ । पार्टीका लेवी तिर्ने पार्टी बलियो बनाउने हिजोको नीति आज ओली र प्रचण्डलाई राष्ट्रले लुट्नेलाईसेन्स दिने गरी कार्यकर्ताले घनधसी बञ्चरो गर्ने अवस्थ अब रहेन । देशमा अशान्ति छैन । विकास र समृद्धि जति छिटो, जसरी गरे पनि हुने वातावरण छ । तर सरकारको राष्ट्रिय योजना भ्रष्टाचार गर्ने कमिशन बटुल्ने अपराधीको संरक्षण गर्नेमै केन्द्रीत छ । दुई तिहाईको सरकारले युगान्तकारी परिवर्तन गर्न सक्थ्यो । शक्ति पृथकीकरणको सिद्धान्त लुटतन्त्रमा उभिएको छ । विषयविज्ञको वास्ता छैन । लुट र फस्र्योट चम्केको छ । राष्ट्रपति, उपराष्ट्र««पति, संवैधानिक अंगहरू समेत विवादमा छन् । रछ्यानमा पार्टी मिल्काएर हुने फाइदा लुट्नेले लुटिरहेका छन् ।


सम्बन्धित समाचार